ओली चढ्ने भएकाले रेल चल्न एक घण्टा ढिलो

ओली चढ्ने भएकाले रेल चल्न एक घण्टा ढिलो

जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनकपुरधाम–जयनगर रेल एक घण्टा ढिलो गुडेको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओली रेलमा चढेर जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल जनकपुरधामबाट जयनगरका लागि खुलेको हो।

दैनिक रुपमा ११ बजे जयनगरका लागि  जनकपुरबाट रेल छुट्ने भए पनि शनिबार ओलीका कारण १२ बजेमात्र चलेको हो। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले रेलमा चढ्ने र त्यसका लागि समयमै आइपुग्ने जानकारी पाएको भन्दै भने, ‘तर केही प्राविधिक कारण प्लेट ढिलो भयो। केही ढिलो हुनेभएकाले यात्रुहरुसँग सोधेरै रोकेका थियौँ।’

रेल्वे सञ्चालन पश्चात पहिलो पटक शनिबार रेल चल्न ढिलो भएको हो। जनकपुरधामबाट जयनगर जाने रेल ढिलो भएपछि जनकपुरधामबाट फर्कने क्रममा ४५ मिनेट ढिलो  रेल चल्ने उनले जानकारी दिए। महाप्रबन्धक झाका अनुसार ५६ जना एसी र ८६ जनाका लागि टिकट काटिएको थियो।

एमाले अध्यक्ष ओली जनकपुरधामबाट रेल चढेर महिनाथपुर पुगेका हुन्। त्यहाँबाट गाडीमा चढेर विदेह नगरपालिका स्थित तिनकौरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुग्ने बताइएको छ। लोसपाका नेता उमाशंकर अरगरियासहितका नेताहरु आज एमालेमा प्रवेश गर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.