यात्रु सहायता कक्ष सञ्चालन

यात्रु सहायता कक्ष सञ्चालन

बेनी : म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष स्थापना गरेका हुन्। 

दशै, तिहार, छठ लगायत चाडपर्वमा समस्या तथा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुग्न सघाउने, ठगी नियन्त्रण र दुर्घटना न्युनीकरणका लागि सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले बताए।  

'यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन गर्छौं,' उनले भने 'यात्रुले गर्ने गुनासोको तत्कालै सम्बोधन हुन्छ।'

कालीपुल पर्वत हुँदै म्याग्दी भित्रने र मुस्ताङ जाने नाकामा पर्छ। यो नाका भएर चाडपर्वको समयमा मुस्ताङ जाने आउने पर्यटक, यात्रु र भक्तजनको पनि चाप बढ्ने गर्छ। प्रहरी नायब उपरीक्षक तिलक भारतीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन थालिएको बताए।  

चोरी, ठगी, लुटपाट, कुटपिट नियन्त्रणसँगै दुर्घटना न्युनीकरणका लागि सवारी चेकजाँचमा जोड दिइएको प्रनाउ भारतीले बताए। प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वसँगै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना सरोकारवालासँगको समन्वयमा प्रभावकारी कार्यान्वयन गरिने बताए। 

बेनी यातायात प्रालिका महासचिव कुमार थापाले राज्यको नीति नियममा रहेर व्यावसाय सञ्चालन गरेका व्यवसायीले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित रूपमा यातायात सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.