समुदायस्तरबाट ६० लाखमा दिगु द्यः जिर्णोद्धार

समुदायस्तरबाट ६० लाखमा दिगु द्यः जिर्णोद्धार

भक्तपुर : भक्तपुरका हाडा विजुक्छें समुदायले दिगु द्यः (कुल देवता) आफ्नै खर्चमा जिर्णोद्धार गरेका छन्। 

फोहोर फाल्ने डम्पिग साइड जस्तै बनेको भक्तपुर नगरपालिका-२ इटाछेंको भिरालो ठाउँमा रहेको यो दिगु द्यः परिसरलाई स्थानीयले चन्दा संकलन गरी आकर्षक बनाएका छन्। 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयसँगै जोडिएको न पुखु (पोखरी) को उतरतिरको भिरालो जग्गामा रहेको ऐतिहासिक दिगु द्यः मा भवनका साथै मूर्ति प्रतिष्ठापन गरी चिटिक्क बनाएका हुन्। 

दिगु द्यः जीर्णोद्धार गर्न गठित समितिका संयोजक नरेन्द्रभक्त हाडाले सुरुमा दिगु द्यः जीर्णोद्धारका लागि चाहिने लाखौं रकम कसरी जम्मा गर्ने भन्ने चिन्ता लागेको जनाए। 

तर अहिले दिगु द्यः निर्माणका लागि चाहिने भन्दा १७ लाख बढी रकम संकलन भएको उनले बताए। यो रकमलाई अहिले बैंकमा सुरक्षितसाथ राखेको उनले जानकारी गराए। 

समितिका अनुसार दिगु द्यः जीर्णोद्धारमा ५९ लाख ३५ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको छ। तर चन्दा संकलन गर्दै जाँदा ७४ लाख ५२ हजार पाँच सय एक रुपैयाँ उठेको थियो। 

यस हिसाबले १५ लाख १६ हजार नौ सय ८२ रुपैयाँ जगेडा भएको जानकारी समितिले दिएको छ। समितिले यो हिसाब किताब सहितका स्मारिकासमेत प्रकाशित गरेको छ। 

समितिका सचिव सुदीप हाडाले दिगु द्यः को जग्गा भने सार्वजनिक रहेको जानकारी गराए। अलपत्र अवस्थामा रहेको दिगु द्यः जीर्णोद्धारका लागि सुरुमा नगरपालिकासँग अनुमति माग्न पुगेको उनले सुनाए। 

नगरपालिकाको अनुमतिपछि झण्डै दुई वर्ष लगाएर पुनः निर्माण सकाएको जानकारी उनले गराए। 

दिगु द्यः परिसरमा उनीहरूले एउटा सार्वजनिक पाटीसहित देवतास्थलमा आउनेहरूका लागि पूजाका लागि मूर्ति, खानपानका लागि बस्ने ठाउँ, पकाउने ठाउँ, शौचालयलगायतका सम्पूर्ण बन्दोबस्त गरेका छन्। 

साथै अहिले त्यहाँ सरसफाईका लागि सफाइ मजदुरको समेत व्यवस्था उनीहरूले मिलाएका छन्। 

समितिका कोषाध्यक्ष मनोजकुमार हाडाले हिसावकितावलाई पारदर्शी रुपमा चुस्त राखेकोले सवैले विश्वास गरेको र यही आधारमा धेरैले चन्दा हालेको जनाए। 

२५ हजारभन्दा बढी चन्दा हाल्नेको नाम शिलापत्रमा लेखिने उनले बताए। २५ हजारभन्दा माथि एक सय १० जनाले सहयोग गरेका छन्। 

सहयोगी सबैजना हाडा विजुक्छें खलकका रहेको उनले जनाए। दिगु द्यः पुननिर्माणको क्रममा १३ जना दाताहरूबाट जिन्सी सहयोग पनि पाएको उनले जानकारी गराए।

भक्तपुरमा सार्वजनिक सम्पदाकोहरूको जीर्णोद्धार स्थानीयबाट सहयोग हुँदै आएको छ। आर्थिक, भौतिक, जनश्रमदान लगायतका सहयोग स्थानीयबाट हुँदै आएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.