सान्जेनको आईपीओमा शुक्रबारसम्म ३३ लाख २४ हजार कित्ताका लागि आवेदन

सान्जेनको आईपीओमा शुक्रबारसम्म ३३ लाख २४ हजार कित्ताका लागि आवेदन

काठमाडौं : सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीका लागि निष्कासन गरेको आईपीओमा शुक्रबार साँझसम्म ३३ लाख २४ हजार ३१० कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले दिएको जानकारी अनुसार १६ हजार ५३८ जनाले ३३ लाख २४ हजार ३१० कित्ताका लागि आवेदन दिएका हुन्। 

कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिने सकिने छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। 

सो अवधिमा माग अनुसारको आवेदन परेन। त्यसपछि असोज ४ गतेसम्मका लागि समय थप भएको थियो। 

यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। 

कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।

स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.