‘एमालेकै पालामा रेल र राजमार्ग अगाडि बढ्यो’

‘एमालेकै पालामा रेल र राजमार्ग अगाडि बढ्यो’

जनकपुरधाम : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारले रेल र हुलाकी राजमार्गको काम द्रुत गतिमा अगाडि बढाएको बताएका छन्। पार्टी प्रवेश कार्यक्रममा आएका ओलीले जनकपुरधामबाट–महिनाथपुरसम्मको रेलको यात्रा गर्दै रेलको काम र हुलाकी राजमार्गको काम आफ्नै पालामा द्रुत गतिमा अगाडि बढाउन लागेको बताएका हुन्। 

शनिबार धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा आयोजित पार्टीको बृहत् जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले भने, ‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं। खुसी नलाग्ने कुरै भएन। यो अत्यन्तै खुसीको कुरा हो। यो हाम्रो रेल हो। त्यसैले धेरै खुसी छु।’ अध्यक्ष ओलीले एमाले सरकार बनेपछि मात्र यस्तो विकासका नमुनाहरूले देशमा गति लिएको दाबी गरे।

‘हामीले हुलाकी राजमार्ग बनायौं। कोसी मरिन डाइभर्सन बनायौं,’ ओलीले भने, ‘अहिले १ लाख ८५ हजार मधेसको जमिन सिचाइँमा सदुपयोग भइरहेको छ। देशले यो सबै उपलब्धि एमालेकै सरकारको पालामा पाएको हो।’ अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजनालगायतका थुप्रै कार्यक्रमहरू ल्याएर देश विकासको हिसाबले देशमा टेवा पुगेको दाबी गरे। 

जसपा सचेतक अरगरिया एमाले प्रवेश

आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने होडबाजी चलिरहँदा लोसपा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकरलाई एमालेमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।

शनिबार धनुषाको बिदेह नगरपालिका तीनकौरियामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सचेतक अरगरियासहित सयौंको संख्यामा कार्यकर्ताहरूलाई एमाले प्रवेश गराएको हो। एमाले प्रवेश गरेका अरगरिया धनुषा निर्वाचन क्षेत्र २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

ओली रेल चढ्दा एक घण्टा ढिला गुड्यो 

एमाले अध्यक्ष ओलीका लागि दैनिक जनकपुरधाम–जयनगर रेल सेवा एक घण्टा ढिला गुडाइएको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओली रेलमा चढेर जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल जनकपुरधामबाट जयनगरका लागि गुडाइएको हो। दैनिक ११ बजे रेल जयनगरका लागि खुले पनि शनिबार ओलीका कारण एक घण्टा ढिलो अर्थात् १२ बजे मात्र गुडाइएको हो। 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पूर्वप्रधानमन्त्री ओलीले रेलमा चढ्ने बताइए पनि प्राविधिकका कारणबस प्लेन ढिला भएकोले रेल पनि उनकै लागि केही समय रोक्न अनुरोध गरेपछि अन्य यात्रुहरूसँग सोधेरै रोकेको प्रतिक्रिया दिए। रेलमा यात्रा गर्ने क्रममा अध्यक्ष ओली तथा एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकट काटेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.