हटाइए रूसी सैन्य बन्दोबस्ती प्रमुख

हटाइए रूसी सैन्य बन्दोबस्ती प्रमुख

मस्को (एएफपी) : युक्रेनको सैन्य कारबाहीका परिचालन अभियानबीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको छ।

‘सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ’, रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ। युक्रेनको बन्दरगाह सहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ। 

सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो। केही विश्लेषकले बन्दोबस्ती रूसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन्। यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइहरू निम्त्याउँदछ।   

रूसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो। रूसभरिबाट आउने लाखौं जगेडा सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गर्नु अघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.