पाकिस्तानले खोज्यो भारतसँग शान्तिपूर्ण व्यवहार

पाकिस्तानले खोज्यो भारतसँग शान्तिपूर्ण व्यवहार

न्युयोर्क (एएनआई) : पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेको बताएका छन्।

‘हामी भारतलगायत हाम्रा सबै छिमेकीसँग शान्ति खोज्छौं। दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौं’, सरिफले भने, ‘तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ।’ 

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग छ। ‘भारतले रचनात्मक संलग्नताका लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं’, सरिफले भने, ‘हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो।’ 

सन् १९४७ यता तीनवटा युद्ध गरिसकेको उनले बताए। ‘त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ। अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो’, उनले भने। 

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरे। ‘यो बाढीमा ४ सयभन्दा बढी बालबालिकासहित १ हजार ५ सयभन्दा बढी जनाको मृत्यु भएको छ। बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्’, उनले भने।    

पाकिस्तानमा बाढीका कारण १ करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ। प्रकोपबाट झन्डै ८० लाख मानिस विस्थापित भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.