को-को परे कांग्रेसको समानुपातिक बन्दसूचीमा ?

को-को परे कांग्रेसको समानुपातिक बन्दसूचीमा ?

काठमाडौं : नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा ११० जनाको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा अधिकांश पार्टी सभापति शेरबहादुर देउवा पक्षको नामावली छ। कांग्रेसका प्रभावशाली नेताहरू समानुपातिक उम्मेदवारमा समेटिएका छन्। 

जसमा पार्टी उपसभापति विमलेन्द्र निधिको नाम बन्दसूचीको पहिलो नम्बरमा छ। यस्तै, फरमुल्लाह मन्सुर, जिवन परियार, डा.प्रकाशशरण महत, आनन्दप्रसाद ढुगांना, डा.चन्द्रमोहन यादव, अनील रुगांटा, डा.आरजु राणा देउवा, मञ्जु खाँण र अम्विका बस्नेत रहेका छन्। बन्दसूचीमा कान्तिका सेजुवाल, मिनाकुमारी लामा, सरु लामा, गंगा अवाल, टेकप्रसाद गुरुङ, केदारनरसिंह केसी, खुमप्रसाद अर्याल, किर्तिबहादुर खड्का रहेका छन्। यस्तै,दामोदर गौतम, किरण गिरी, योगेन्द्र चौधरी, सरोज थापा, हस्तबहादुर अर्याल लगायत रहेका छन्।

दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ मा बुझाएका थिए। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची पेस गर्न पाउनेछन्। यसैगरी प्रदेशसभाका लागि बढीमा २२० जना उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ। निर्वाचन आयोगले विज्ञप्ती निकालेर बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ।

 निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि चुनाव चिह्न प्रदान गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.