गोरु मारेको आरोपमा पक्राउ
स्याङ्जा : गोरु मारेर फरार भएका ख्यामबहादुर दमै पोखरामा पक्राउ परेका छन्।
जिल्ला अदालत स्याङ्जाले १३ महिना पाँच दिनको कैद सजाए तोकेपछि फरार उनी एक वर्षपछि पक्राउ परेका हुन।
अर्जुनचौपारी गाउँपालिका ४ का ३१ वर्षीय दमैलाई २०७८ असोज ७ गतेको फैसलाले गोरु मारेको मुद्दामा कैद तोकेको थियो।
प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा बुझाएपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक रविन्दप्रसाद खनालले जानकारी दिए।
आरोपित दमै असोज ६ गते पक्राउ परेका हुन्।