२० नवउद्यमीलाई जनही २५ हजार अनुदान

२० नवउद्यमीलाई जनही २५ हजार अनुदान

स्याङ्जा : वालिङ नगरपालिकाले नवउद्यमीलाई २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ। यहाँका २० जनाले जनही २५ हजारका दरले अनुदान पाएका छन्।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को साझेदारी तथा दियालो संस्थाको समन्वयमा सञ्चालित परियोजना अन्तर्गतको 'स्टार्ट अपमै' २५ हजार नगद अनुदान दिने भएको हो।

'हरित पुनःउत्थान तथा कोभिड-१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रमअन्तर्गत 'उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत 'स्टार्ट अप' मा २० जनालाई जनही २५ हजारका दरले नगद उपलब्ध गराइएको नगरप्रमुख कृष्ण खाणले जानकारी दिए। 

कृषक र उद्यम सञ्चालन गर्न चाहनेलाई सो रकम प्रदान गरिएको हो। रोजगार गुमेका एवं नयाँ सोच र योजनासहित उद्यम व्यवसाय गर्न आउने युवालाई उद्यमी बनाउनका लागि अनुदान सहयोग गर्ने कार्यक्रमको लक्ष्य हो।  

रकम प्रदान गर्दै नगर प्रमुख खाणले नवीनतम् सोचलाई उत्पादनमा लगानी गरेर आर्थिकोपार्जन गर्न सुझाव दिए। उनले भने, 'कृषक तथा उद्यमी बन्न नगरपालिकाले थप सहयोग र अनुकुल वातावरण बनाउनेछ।' 

यसैगरी नगर उपप्रमुख कविता तिवारीले उद्यमशीलता, व्यवसायमा प्रवर्द्धन तथा नवप्रवर्तनमार्फत रोजगार सिर्जना गर्ने जस्ता कार्य गर्ने तर्फ पालिकाको सहयोग गरेको जनाउँदै पालिकाको लगानीलाई सही सदुपयोग गर्दे उद्यमी बन्न सुझाव दिइन्।

दियालोका कार्यबाहक अध्यक्ष सीता गैह्रैले इबिक सञ्चालन कार्यविधि २०७७' अनुरूप स्थापित कोषबाट आर्थिक सहयोग गर्दै आएको जनाए। विगत तीन वर्षदेखि यो कार्यक्रम पालिकामा सञ्चालनमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.