रूसी विद्यालयमा गोली चल्यो, १३ को मृत्यु

रूसी विद्यालयमा गोली चल्यो, १३ को मृत्यु

मस्को (सिह्वा) : रूसको इजेभ्स्क सहरको एक विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु भएको छ। पश्चिमी रूसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको सहरी प्रशासन भवननजिकै रहेको विद्यालयमा सोमबार गोली चलेको हो। 

उक्त गोलीकाण्डमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ। सो घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन्।

यसअघि त्यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो। सो घटनामा संलग्न आक्रमणकारीले पनि आत्महत्या गरेको र उसको शवसमेत बरामत भएको प्रशासनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.