डलरको तुलनामा पाउन्ड कमजोर

डलरको तुलनामा पाउन्ड कमजोर

लन्डन (सिन्ह्वा) : बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउन्डको मूल्य कमजोर बनेको छ। सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ। यससँगै पाउन्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ। यद्यपि बेलायती मुद्राको अवस्था अपरान्ह्सम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ। 

सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउन्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो। क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने, ‘म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्। किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थव्यवस्थालाई चलाइरहेका छन्।’ 

बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून बिन्दुमा पुर्‍याएको छ। 

हन्टरले भने, ‘बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नु परेको छ।’ यसको परिणामस्वरूप बैंक अफ इङल्यान्डले प्रतिक्रियामा आपतकालीन घोषणा गर्नुपर्ने हुन सक्छ भन्ने अड्कलबाजी पनि भएको छ। क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए। 
बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न कठिनाई हुने संकेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.