अमेरिकी मन्त्री ट्रुडो नेपाल आउँदै, चीन र रसियाले फैलाएका मिथ्या सूचनाबारे छलफल गर्ने

अमेरिकी मन्त्री ट्रुडो नेपाल आउँदै, चीन र रसियाले फैलाएका मिथ्या सूचनाबारे छलफल गर्ने

काठमाडौं : कार्यवहाक अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो।

उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका 'आल्मोनाई'हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ।

ट्रुडोले काठमाडौंमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषायक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्।

उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्। उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्। भ्रमणका क्रममा उनले रसिया र चीनले अमेरिकाविरुद्ध फैलाएका मिथ्या समाचारका रोकथामबारे विभिन्न विषयमा अन्तर्क्रिया गर्ने विदेश मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.