आबेको अन्त्येष्टिमा डेढ अर्ब खर्च, बढी खर्च गरेको भन्दै प्रदर्शन

आबेको अन्त्येष्टिमा डेढ अर्ब खर्च, बढी खर्च गरेको भन्दै प्रदर्शन

टोकियो : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कारमा संलग्न हुनलाई विभिन्न देशका प्रतिनिधि टोकियो पुगेका छन्। आज सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टिका लागि भारतका प्रधानमन्त्री मोदी लगायतका प्रतिनिधिहरु त्यहाँ पुगेका हुन्। 

आबेको अन्त्येष्टी समारोहमा १ अर्ब ४८ करोड ७८ लाख १८ हजार(११.४ मिलियन डलर) खर्च हुने अनुमान गरिएको छ।

आबेको लोकप्रियताका बावजुद जापानका केही मानिसले उनको अन्त्येष्टिको खर्चलाई लिएर विरोध गरिरहेका छन् ।  जापानभित्रै अन्त्येष्टीमा भएको खर्चका कारण यसको विरोध प्रदर्शन भइरहेको छ ।

पछिल्ला केही सातादेखि जापानभित्रै खर्चको विषयलाई लिएर आक्रोश बढेको छ । गत साता अन्त्येष्टिको विरोध गर्दै आएका एक व्यक्तिले प्रधानमन्त्रीको कार्यालय अगाडि आफैंलाई आगो लगाएका थिए । सोमबार झण्डै १० हजार प्रदर्शनकारी टोकियोको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

आबेको अन्त्येष्टिमा विभिन्न देशका प्रतिनिधिहरू टोकियो पुगेका छन्। जसमा २० देशका राष्ट्र प्रमुखहरू सामेल छन्।  जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा एक व्यक्तिले गोली हानेका थिए ।

गोली लागे लगत्तै उनी होसमा भए पनि उपचारका लागि लाँदै गर्दा उनको अवस्था गम्भीर बन्दै गएको थियो । त्यही दिन स्थानीय अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।  दोस्रो विश्वयुद्धपछि जापानमा पूर्व प्रधानमन्त्रीका हैसियतमा हुने दोस्रो राजकीय अन्त्येष्टि हुनेछ ।  सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.