पाँच हजार बिरामीको उपचार

पाँच हजार बिरामीको उपचार

भक्तपुर : लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र भक्तपुरले एक वर्षमा पाँच हजार ६ सय १६ जना बिरामीको उपचार गरेको छ। 

भक्तपुर लायन्स सेवा समन्वय समितिले सञ्चालन गरेको केन्द्रको भक्तपुरस्थित लायन्स क्लवहरूले प्रवर्द्धन गरेका छन्। 

सेवा केन्द्रको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा लायन्स सेवा समन्वय समिति भक्तपुरका संयोजक लायन विष्णुभक्त मारिखुले बताए। 

उनका अनुसार यीमध्ये दुई हजार दुई सय ९३ जनालाई क्लिनिकमै र बाँकी तीन हजार तीन सय २३ जनालाई स्वास्थ्य शिविरमार्फत् सेवा दिएको उनको भनाइ छ। 

गएको भदौदेखि साउनसम्म यो सेवा दिएको उनले जनाए। 

कार्यक्रममा सेवा केन्द्र व्यवस्थाप समितिका संरक्षक लायन कृष्णप्रसाद अवाल, केन्द्रका मुख्य संयोजक गोकुलप्रसाद प्रजापतिले केन्द्रको व्यवस्थापनका लागि सात सदस्यीय व्यवस्थापन समिति सक्रिय रहेको जनाए। 

केन्द्रमा नियमित आँखा क्लिनिक, नियमित डायबेटिज स्क्रिनिङ सेवा, फिजियोथेरापी सेवा, जनरल ओपीडी सेवालगायतका सेवाहरू रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन उतमप्रसाद झा, सेवा केन्द्र व्यवस्थापन समितिका सदस्य लायन रुकेश रञ्जितलगायतले लायनहरूको सहयोगमा केन्द्रले कम शुल्कमा उदाहरणीय रूपमा स्वास्थ्य सुविधाहरू दिइरहेको बताए। 
कार्यक्रममा सहयोगी लायनहरूलाई सम्मान गरिएको थियो।   


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.