स्याङ्जामा 'तेस्रो कोखे महोत्सव'

स्याङ्जामा 'तेस्रो कोखे महोत्सव'

स्याङ्जा : वालिङ नगरपालिका-१२ शिर्शेकोटस्थित कोखेमा तेस्रो कोखे महोत्सव हुने भएको छ। विजयादशमीको दिन १९ गतेदेखि २४ गतेसम्म महोत्सव गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। 

'ग्रामीण पर्यटनको विकास राष्ट्र निर्माणको आधार' भन्ने मूल नाराका साथ स्थानीय नवज्योति जनसेवा युवा क्लबले जनाएको छ। 

छ दिने महोत्सवमा स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै ग्रामीण पर्यटनको विकासका लागी महोत्सव गरिने भएको आयोजकको भनाइ छ। स्थानीय कला, संस्कृति, खेलकूद र उत्पादनलाई विशेष प्रर्दशन गरिने भएको छ।

यसैगरी ठुलो धनराशीको क्लब स्तरीय भलिबल प्रतियोगिता हुनेछ। त्यस्तै ३८ वर्षभन्दा माथिकालाई भेट्रान्स भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, मौलिक संस्कृति सोरठी, रेलीमै लगायतका प्रर्दशनीका साथै अन्य कलाकारको समेत प्रस्तुति राखिने क्लबका पूर्व अध्यक्ष गुप्तबहादुर गुरुङले जानकारी दिए। 

भलिबल प्रतियोगितामा विजेताले एक लाख एक हजार नगदसहित ट्रफी, द्वितीयले ६० हजार, तृतीयले ३० हजार र सान्त्वनाले १५ हजार पाउनेछन्।

महोत्सवमा १८ लाख ७० हजारको आय र १८ लाख २१ हजारको खर्च लाग्ने र बचत रकम गाउँमै पर्यटन पुर्वाधार विकासमा खर्च गरिने जनाईएको छ ।

महोत्सवमा युवा तथा खेलकुद मन्त्रालय, स्थानीय पालिका तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका युवाहरूको सहयोग रहनेछ्। 

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले वैदेशिक रोजगारमा पुगेका कोखेबासीको सहयोग तथा क्लबको पहलमा महोत्सव आयोजना गरिएको बताए।
 
स्याङ्जा सदरमुकामदेखि करिब ३५ किलोमिटर सिद्धार्थ राजमार्ग (वालिङ १३) को बायँटारीबाट १३ किलोमिटर पश्चिमतर्फको गाउँमा रमणीय कोखे गाउँ पर्दछ। 

सोही सुन्दर रमणीय गाउँलाई पर्यटनसँग जोड्ने उद्देश्यले क्लबले नै यसअघि दुई पटकसम्म कोखे महोत्सव सम्पन्न गरिसकेका छन्। त्यहाँ अहिले केही पूर्वाधारसमेत निर्माण गरिसकेका छन्। 

महोत्सव समितिका संयोजक भविराज गुरुङ, मञ्च व्यवस्थापन समितिका संयोजक हुमराज गुरुङ लगायतले महोत्सव सफल बनाउने कार्यमा सहयोग गर्न आग्रह गरे। महोत्सवको करिब १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ। 

महोत्सवका अवसर पारेर स्थानीय कोखे ग्रामीण पर्यटकीय गाउँको विस्तार एवं प्रवर्द्धन गरिने भएको छ। क्लबले यसअघि २०६९, २०७४ मा पहिलो र दोस्रो कोखे महोत्सव सम्पन्न गरिसकेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.