दसैं मान्न विपन्न परिवारलाई एक लाख ६० हजार प्रदान

दसैं मान्न विपन्न परिवारलाई एक लाख ६० हजार प्रदान

दुलेगौंडा : तनहुँ शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले पारिश्रमिक बापतको एक लाख ६० हजार विपन्न परिवारलाई सहयोग गरेका छन्। 

निर्वाचनका बेला आफू मेयरमा निर्वाचित भए सेवा सुविधा नलिने प्रतिवद्धता व्यक्त गरेका पण्डितले जनतासामु गरेको बाचा पूरा गर्दै तीन महिनाको तलब भत्ता विपन्न परिवारलाई प्रदान गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएकाहरूको चार्डपर्व खल्लो नहोस् भनेर नगरभित्रका १२ वटै वडाबाट विपन्न परिवार छनौट गरी ५० घर परिवारलाई रकम सहयोग गरेको मेयर पण्डितले बताए। 

'मैले चुनावको समयमा सेवासुविधा वापतको रकम असाहाय तथा विपन्न परिवारलाई वितरण गर्छु भनेको थिएँ। अहिले सोही अनुसार विपन्न नागरिक छनोट गरेर वितरण गरिरहेको छु', उनले भने।

मेयर पण्डितले पारिवारिक संख्या र अवस्था हेरेर दुई हजारदेखि पाँच हजार रुपैयाँ रकम प्रदान गरेको जानकारी दिए। 

उनले आगामी दिनहरूमा पनि आवश्यकता हेरेर आफ्नो पारिश्रमिक वापतको रकम प्रदान गर्ने बताएका छन्। गत स्थानीय तहको निर्वाचनमा पण्डित नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.