राजमार्गका पसलहरूमा म्याद गुज्रिएका सामग्री

राजमार्गका पसलहरूमा म्याद गुज्रिएका सामग्री

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजार र बाँसगढी नगरपालिकाको बाँसगढी बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्रीहरू फेला परेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री बरामद गरेको हो।

अनुगमन टोलीले ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार क्षेत्रबाट एउटा क्याफे, तीनवटा होटल एण्ड लज, एउटा सपिंग सेन्टर र एउटा किराना पसल गरी छवटा व्यवसायीबाट मापदण्ड पूरा नगरेकाले १९ हजार रुपैयाँ जरिवाना गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए। 

उनले दुईवटा पसलबाट ७ हजार ४४० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गरिएको बताए। 

टोलीले बाँसगढी बजारमा किराना पसलबाट म्याद गुज्रिएका अखाद्य वस्तुहरू जफत गरी नष्ट गरेको छ। दर्ता नभएको बेकरी उद्योग बन्द गर्दै तत्काल दर्ता गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ। 
    
उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, सम्बन्धित स्थानीय तह, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय स्थानीय प्रहरी, पत्रकार, राष्ट्रिय उपभोक्ता मञ्च, सम्बन्धित स्थानीय तहको उद्योग वाणिज्य संघ लगायतको संयुक्त टोलीले अनुगमन गरेको छ। 

व्यवसायीहरूलाई देख्ने स्थानमा मूल्य सूची राख्न, म्याद गुज्रिएका सामानहरू बिक्री नगर्न, बिल विजक दुरुस्त राख्न, बासी खानाहरू होटल तथा रेष्टुरेन्टबाट हटाउन, खसी तथा कुखुराको मासुहरू अलग अलग राखी बिक्री वितरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.