मुस्ताङ घुम्न गएका स्पेनिस नागरिकलाई डेंगु

मुस्ताङ घुम्न गएका स्पेनिस नागरिकलाई डेंगु

जोमसोम : मुस्ताङ भ्रमण गर्न आएका एक विदेशी पर्यटकलाई डेंगु पोजेटिभ देखिएको छ। ३५ वर्षीय स्पेनिस नागरिक बोर्जा युनिसलाई डेंगु पोजेटिभ देखिएको हो। 

लगातार ज्वरो आउने, छातिमा बिमरा देखिने र हातखुट्टा दुखिरहनेजस्ता समस्या लिएर बिहीबार मुस्ताङ जिल्ला उनलाई डेंगु पोजेटिभ देखिएको अस्पतालका चिकित्सक तेजेश कुमारले जानकारी दिए।

डेंगु पोजेटिभ देखिएका स्पेनिस नागरिक बोर्जा युनिस आफ्ना महिला साथीसहित दुई दिनअघि मुस्ताङ आएका थिए। 

मुस्ताङ आउनुअघि पोखराका मेरियाङ गोल्डेन कटेजमा बसेका थिए। मुस्ताङमा उनी जोमसोमको होटल प्याराडाईजमा बसेका थिए।

नेपालमा डेंगु रोगको संक्रमण फैलिएपनि हिमाली जिल्ला मुस्ताङमा डेंगु संक्रमण देखिएको थिएन। मुस्ताङमा विदेशी नागरिकलाई डेंगु पोजेटिभ देखिएपछि मुस्ताङ डेंगु जोखिममा परेको जिल्ला बनेको अस्पतालका चिकित्सक तेजेश कुमारले बताए।

उच्च उचाइ र हिमाली जिल्लाहरूमा चिसोका कारण डेंगु रोगको जोखिम अत्यन्तै कम हुने गर्छ। यसअघि मुस्ताङमा केही स्थानीय, कर्मचारी र सुरक्षाकर्मीलाई डेंगु रोगको लक्षण देखिएको भएपनि डेंगु परीक्षण गर्ने किट नहुँदा डेंगु रोगको पहिचान हुन नसकेको अस्पतालका चिकित्सक तेजेश कुमारले जानकारी दिए।

'यसअघि पनि डेंगुसम्बन्धी लक्षण भएका बिरामी अस्पताल आएका थिए, हामीसँग किट थिएन,' उनले भने, 'हिजो मात्र हामी कहाँ किट आइपुग्यो, विदेशीलाई परीक्षण गर्दा पोजेटिभ देखियो।' 

योसँगै ७७ वटै जिल्लामा डेंगु पुगेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.