दशरथ रंगशालामा हुने सांगीतिक महोत्सवमा २० हजार दर्शक आउने अपेक्षा गरेका छौं : श्री गुरुङ

दशरथ रंगशालामा हुने सांगीतिक महोत्सवमा २० हजार दर्शक आउने अपेक्षा गरेका छौं : श्री गुरुङ

काठमाडौं : दशरथ रंगशालामा दसैंको अवसरमा असोज १५ गते सांगीतिक महोत्सव हुने भएको छ। सहरिया युवा पुस्तालाई मध्यनजर गर्दै चार वटा इभेन्ट म्यानजेमेन्टले संयुक्तरुपमा महोत्सवको आयोजना गर्दैछ। विगत २० वर्षदेखि काठमाडौंलगायत नेपालका विभिन्न सहरमा कन्सर्ट आयोजना गर्दै आएका पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ र अपट्रेण्डली मिडियाले संयुक्त रूपमा सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन्। सोही विषयमा केन्द्रित रहेर पार्टी नेपालका श्री गुरुङसँग अन्नपूर्णले कुराकानी गरेको छ।

दशरथ रंगशालामा हुने इभेन्ट कस्तो खालको हो?

बडादसैंको अवसरमा 'दसैं फेस्ट' भन्ने कार्यक्रम दशरथ रंगशालमा हुन गइरहेको हो। यो विशुद्ध सांगीतिक महोत्सव हो। महोत्सवमा कलाकार, रेस्टुरेन्ट र सपिङ मलहरुको सहकार्य रहेको छ।

सांगीतिक महोत्सव भन्नुभयो, कुन-कुन कलाकारहरुको प्रस्तुती रहनेछ?

कार्यक्रममा नेपाली कलाकारहरुको मात्रै प्रस्तुती रहनेछ। हामीले आफ्नै कलाकारहरुलाई नै प्राथमिकता दिने भनेर इभेन्ट आयोजना गर्न लागेका हौं। जसमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्डलगायतको प्रस्तुती रहने छ।

सांगीतिक कार्यक्रममात्रै हुन्छ कि अन्य कुराहरु पनि हुन्छन्?

यो कार्यक्रममा २० हजार दर्शक आउने आँकलन हाम्रो छ। रंगशालाभित्र सांगीतिक प्रस्तुती मात्रै रहे पनि दर्शकका लागि बाहिर १२ वटा रेस्टुरेन्टहरुको स्टल रहनेछ। सबै रेस्टुरेन्टहरु नाम चलेकाहरु छन्। 

कोरोना महामारीले यस्ताखाले इभेन्टहरु निकै कम भइरहेका थिए। सोँचेजस्तो दर्शक आउँछन् जस्तो लाग्छ?

दशरथ रंगशालामा १० वर्षपछि यस्तो इभेन्ट हुँदैछ। त्यही भएर पनि मान्छेहरुमा उत्साह देखेका छौं। टिकेटिङ पार्टनरहरुले पनि दर्शकको उत्साहपूर्ण सहभागिता हुने बताइरहेका छन्। विशेषतः सहरका युवाहरुलाई केन्द्रित गरेर यो इभेन्ट आयोजना भएको हो। नेपालमा न्यु इयर, भ्यालेन्टाइन डे, क्रिसमस र होलीमा मात्रै यस्ताखाले इभेन्ट आयोना हुन्छ। दसैंमा त मान्छे नै हुँदैनन् भन्ने मानसिकता हामीकहाँ छ। तर सहरिया युवा पुस्ता पनि छन्, जो बडादसैंमा सांगीतिक माहोलमा रमाउन चाहन्छन्। त्यसैलेलाई मध्यनजर गरेर हामीले दसैंमा इभेन्ट आयोजना गरेका हौं। र, दर्शकको उपस्थिति राम्रो हुने अपेक्षा पनि गरेका छौं।

अर्को कुरा दसैं भनेको नेपालीको पहिचान हो। नेपाली पहिचान झल्किने सांगीतिक माहोल बनाउनलाई पनि हामीले नेपाली कलाकरलाई प्राथमिकता दिएका हौं। त्यसमा पनि विभिन्न विधाका कलाकारहरु हुनुहुन्छ।

कति लागतको इभेन्ट हो? बजेट कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?

यो अहिलेसम्मकै ठूलो इभेन्ट हो। हामीले २० वर्षदेखि इभेन्ट म्यानजमेन्ट क्षेत्रमा काम गर्दै आएका छौं। दरबारमार्ग फेस्टिभलदेखि देशमा हुने विभिन्न ठूला इभेन्टहरु हाम्रै समूहले गर्दै आएको हो। हामीले स्पोन्सरभन्दा पनि टिकटलाई नै आधार बनाएका छौं। हामीले तीनथरि टिकट निर्धारण गरेका छौं। जसको मूल्य १५ सय, २५ सय र ३५ सय रहेको छ। पहिलो मूल्यमा फिल्डमा, दोस्रोमा प्याराफिटको दाँया-बाँया र तेस्रो मूल्यमा स्टेजको अगाडिको प्याराफिटमा बस्न मिल्ने छ। विश्वमै रंगशालाहरूमा कन्सर्ट हुने गर्छ। त्यसमध्ये यो सबैभन्दा कम मूल्य हो।

अन्त्यमा

यो महोत्सवले सहरी युवा वर्गमा बडादसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष राखेका छौं। हाम्रो उद्देश्य भनेको बडादसैंलाई प्रवर्द्धन गर्ने पनि हो। पछिल्लो समय यस्ताखालको इभेन्टहरु गर्न छोडिसकेको अवस्था छ। दसैंमा पनि इभेन्टहरु होस् भन्ने हेतुले नै हामीले चुनौतीको सामना गर्न तयार भएका हौं। क्लाइन्टहरुले पनि भोलिका दिनमा यस्ता कार्यक्रमको लागि बजेट छुटाओस् भन्ने हो। योबेला मौसम पनि सुन्दर हुन्छ।

त्यस्तै कन्सर्टमा प्रयोग हुने सामानहरु अहिलेसम्मै बेस्ट छन्। प्राविधिकहरु अहिलेसम्मकै बेस्ट छन्। साउन्ड र भिजुअलहरु विदेशमा बस्ने नेपालीहरूले डिजाइन गरेका छन्। त्यही भएर यो इभेन्ट बेस्ट हुने अपेक्षा हाम्रो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.