अनिल चौहान बने भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ

अनिल चौहान बने भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ

नयाँ दिल्ली : भारत सरकारले चिफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा अनिल चौहानलाई नियुक्त गरेको छ। भारतीय सेनाका पूर्व वरिष्ठ अधिकारीसमेत रहेका चौहान उमेर हदका कारण गत वर्ष अवकास पाएका थिए। 

भारतीय रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चौहानलाई नयाँ सीडीएसमा नियुक्त गरेको जनाएको छ। पहिलो सीडीएस वीपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो। 

अनिल चौहानको जन्म सन् १९६१ मे १८ मा भएको हो। उनी सन् १९८१ मा भारतीय सेनाको ११ गोरखा राइफल्समा आबद्ध भएका थिए। ४० वर्ष भारतीय सेनामा विताएका उनले जम्मु-कश्मिर र भारतको पूर्वी सीमा क्षेत्रमा आतंकवादविरुद्धको अभियानमा चौहानले महत्वपूर्ण भूमिका निभाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.