स्वकीय सचिव : रोजाइ नातागोता नै

स्वकीय सचिव : रोजाइ नातागोता नै

हेटौंडा : बागमती प्रदेशका एक दर्जनभन्दा बढी प्रदेशसभा सदस्यले आफन्तलाई स्वकीय सचिव राखेका थिए। तर, आलोचना बढेपछि धेरैले नातागोतालाई उक्त पदबाट हटाए। 

काभ्रेकी गोमा भुर्तेलले छोरी पवित्रा भुर्तेललाई स्वकीय सचिव राखेकी थिइन्। उनी एमालेबाट समानुपातिकतर्फ सांसद बनेकी थिइन्। ललितपुरका चेतनाथ सञ्जेलले छोरी अनुपमा सञ्जेललाई नियुक्ति दिलाए। सञ्जेल एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। 

मकवानपुरकी जुनेलीमाया श्रेष्ठले बुहारी दानमायाँ श्रेष्ठलाई स्वकीय सचिव राखेकी थिइन्। उनी एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेकी थिइन्।

चितवनका दावा दोर्जे लामाले ज्वाइँ सुरज थपलियालाई स्वकीय सचिव राखेका थिए। उनी एमालेबाट निर्वाचित भएका थिए। ललितपुरकी देवकी श्रेष्ठले श्रीमान् साजन वान्तवा राईलाई स्वकीय सचिव राखेको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ। उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्।

दोलखाकी रचना खड्काले भाइ सुशील खड्कालाई स्वकीय सचिव राखेकी थिइन्। उनी एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य थिइन्। सिन्धुलीका बुद्धिमान माझीले छोरा विजय माझीलाई स्वकीय सचिव राखे। उनी माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक थिए।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बहिनी तारादेवी मोक्तानलाई स्वकीय सचिव राखेकी थिइन्। दोलखाकी हिमाली गोलेले श्रीमान् सुमनकुमार लामालाई स्वकीय सचिव राखेकी थिइन्। उनी माओवादी केन्द्रबाट समानुपातिक सांसद थिइन्। चितवनकी कञ्चन खनालले श्रीमान् विष्णु पौडेललाई नियुक्ति दिएकी थिइन्। उनी माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। 
कांग्रेसका भीमसेन खत्रीले बुहारी सन्जु खड्कालाई स्वकीय राखेका थिए। खत्री काठमाडौंबाट समानुपातिक सांसद बनेका थिए। 

चितवनका मिलनबाबु श्रेष्ठले भतिजी मिमिमा श्रेष्ठ, सिन्धुलीकी बिजुला बर्मा राणाले सुशान्त राणा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले छोरा शुलभ खनाललाई स्वकीय राखे। एकीकृत समाजवादीमा रहेका उनी चितवनबाट प्रदेश सांसद निर्वाचित भएका थिए। 

राप्रपाकी रिना गुरुङले कान्छो भाइ राजीव गुरुङलाई स्वकीय सचिव राखेकी थिइन्। उनलाई राप्रपाले चितवनबाट समानुपातिक सांसद बनाएको थियो। बागमती प्रदेशसभाको पहिलो कार्यकालका १ सय ७ प्रदेशसभा सदस्यमध्ये सबैले विश्वासिला पात्र मात्र स्वकीय राखेका थिए। तीमध्ये उनीहरूको पहिलो रोजाइमा नजिकका आफन्त र पार्टीका विश्वासिला कार्यकर्ता मात्र परे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.