दुई विमान एकआपसमा ठोक्किएपछि...

दुई विमान एकआपसमा ठोक्किएपछि...

लन्डन : बेलायतको हिथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबीसीले जनाएको छ। 

'घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,' उनले भनेका छन्।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन्। एक विमानको पंखामा क्षति भएको बताइएको छ। 

'हामी विमानभित्र भए पनि केही भएको महसुस गरेनौं। किनकि कसैलाई चोटपटक लागेको हामीले सुनेनौं,' उनले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.