मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

दैलेख : आठबीस नगरपालिका-१ का कुश्माखर आचार्यको १५० सिसीको पल्सर मोटरसाइकल भदौ गत ७ गते राखेकै ठाउँबाट बेपत्ता भयो। लक्ष्मी मावीको प्रअसमेत रहेका आचार्यले आफ्नो मोटरसाइकल सत्तलास्थित हस्तबहादुर थापाको घरमा राखेका थिए।

मोटरसाइकल चोरी भएपछि उनले खोजी सुरु गरे। तर भेटाउन सकेनन्। ‘धेरै खोजी गरे, तर भेट्टाउन सकिएन्, भेटिन्छ भन्ने आश मारिरहेको थिएँ तर, प्रहरीमा निवेदन दिएपछि मोटरसाइकल भेटिन्छ की भन्ने आश लागेको थियो,’ उनले भने।

आफूले प्रयोग गर्दै आएको मोटरसाइकल चोरी भएपछि नयाँ किनिसकेका आचार्य बिहीबार खुसी देखिन्थे। कारण, प्रहरीले उनको चोरी भएको मोटरसाइकल फेला पारेको छ। प्रहरीले उनको मोटरसाइकलमात्र होइन, चोरी गर्ने गिरोहलाई पनि पक्राउ गरेको छ।

अछामको तुर्माखाँद गाउँपालिका-६ स्थित वडा कार्यालयको मोटरसाइकल खरिद गरेको ३ दिनमै चोरी भयो। वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार सरकारी नम्बर प्लेटको मोटरसाइकल भदौ २५ गते हराएको हो।

‘मोटरसाइकल बेपत्ता भएपछि चोरी भएको आशंकमा तत्काल प्रहरीलाई खबर गरेको थिएँ, भेटिन्छ कि भेटिँदैन भन्ने शंका थियो, अन्ततः दैलेख प्रहरीको सक्रियतामा मोटरसाइकल फेला पार्‍यो।’ उनले प्रहरीलाई धन्यवादसमेत दिए।

यी दुई वटामात्र होइन, दैलेख प्रहरीले विभिन्न समयमा हराएका १२ वटा मोटरसाइकल फेला पारेको छ। मोटरसाइकल सहित डाँका तथा चोरी गिरोहमा संलग्न रहेका ६ जना युवाहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए।

‘विभिन्न मितिमा मोटरसाइकल हराएको भन्दै प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकल र चोरी गिरोहमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको छ। उनीहरुमाथि थप छानविन र अनुसन्धान गरिरहेका छौं,’ डीएसपी साहले भने।

उनका अनुसार चामुण्डाविन्द्रासैनी नगरपालिका-८ का २१ वर्षीय रोशन शाही, २० वर्षीय दिनेश शाही, २१ वर्षीय बिनोद शाही र २० वर्षीय आशिष शाही पक्राउ परेका छन्। यस्तै दुल्लु नगरपालिका-५ मा साथी अटो पार्टस (ग्यारेज) सञ्चालन गरी बस्ने दुई जनालाई समेत पक्राउ गरिएको डीएसपी साहले बताए।

ग्यारेज सञ्चालन गरी बस्ने दुल्लु नगरपालिका-७ का २८ वर्षीय पुस्करबाबु बज्राचार्य र वडा नम्बर ९ का २० वर्षीय जनक पुरी रहेको उनले बताए। हालसम्म मोटरसाइकल हराएको भन्दै निवेदन दिने जाहेरवाला पीडितहरु ६ जना खुल्न आएको डीएसपी साहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.