पहिरोले दुई दिनदेखि त्रिदेशीय मार्ग अवरुद्ध, सञ्चालनमा अझै समय लाग्ने

पहिरोले दुई दिनदेखि त्रिदेशीय मार्ग अवरुद्ध, सञ्चालनमा अझै समय लाग्ने

नुवाकोट : त्रिदेशीय मार्गका रूपमा रहेको गल्छी-त्रिशूली-रसुवागढी सडकमार्गअन्तर्गत नुवाकोटको बुधसिंहघाटमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध रहेको छ। 

पहिरोले सडकमार्ग हुँदै नुवाकोट ल्याइएको अप्टिकल फाइवर चुँडिदा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। 

सो सडकमार्गअन्तर्गत रहेको बेलकोटगढी नगरपालिका-७ बुधसिंहघाटमा बिहीबार बेलुकीदेखि सुख्खा पहिरो जाँदा सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। 

पहिरोले विजुलीका पोल तथा नेपाल टेलिकमको अप्टिकल फाइबर चुँडिदा नुवाकोटमा दुई दिनदेखि टेलिकमको सेवा अवरुद्ध भएको छ। 

नुवाकोटको बुधसिंहघाटमा व्यस्त सडकमार्गमा माथिबाट दुई सय मिटर लामो सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएकामा पाँचवटा स्काभेटर लगाएर पन्छाउने कार्य भइरहेको छ। 

चाडपर्वमा छिटो कार्य सकेर सर्वसाधारणलाई सरलता दिन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। 

पहिरो पन्छाएर सडकमार्ग खुलाउन एक दिन लाग्ने प्राविधिकहरूले बताएका छन्। पहिरो पन्छाएर शनिबार बेलुकीदेखि एकतर्फी रूपमा सडक सञ्चालन गर्ने योजनाअनुसार पहिरो हटाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। 

दसैंको समयमा सो सडक अवरुद्ध हुँदा हजारौं सर्वसाधारण मर्कामा परेका छन्। उक्त स्थानमा विद्युत सेवासमेत अवरुद्ध भएको छ। नेपाल टेलिकमको अप्टिकल फाइवर चुँडिदा नुवाकोटमा दुई दिनदेखि टेलिकमको फोन, मोबाइल तथा इन्टरनेट सेवाहरू अवरुद्ध भएको छ। 

सयौं यातायातका साधन बीचमै रोकिएका छन्। सो सडकमार्गमा माथिबाट दुई सय मिटर उचाइ तथा तल दुई सय मिटर सडक पुरेकोमा त्यसलाई स्काभेटर तथा कामदार परिचालन गरेर पन्छाउने काम भइरहेको र छिटोभन्दा छिटो यातायात सञ्चालनका गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा वरिष्ठ प्रहरी नायव निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए।

सो सडकमा दैनिक पाँच स्काभेटर लगाएर पहिरो पन्छाउँदासमेत लगातार दुई दिनसमय लाग्ने प्राविधिकहरूले बताएका छन्। 

यात्रु तथा यातायातका साधनहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न निर्देशन दिइएको प्रजिअ रिसालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले नुवाकोट हुँदै काठमाडौ जाने र काठमाडौबाट नुवाकोट, रसुवा आउने यात्रु तथा यातायातका साधनहरूलाई पासाङल्हामु मार्गको बालाजु-रानीपौवा-तादीपुल तथा सामाखुसी-छहरे-गंगटे सडकमार्ग उपयोग गर्न आग्रह गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.