रसुवागढी नाकाबाट यसपटक भेडाच्यांग्रा आएन

रसुवागढी नाकाबाट यसपटक भेडाच्यांग्रा आएन

काठमाडौं : चीनको तिब्बतमा कोरोना देखिएपछि यसपटक रसुवागढी नाकाबाट दसैंका लागि भेडाच्यांग्रा आयात भएन। दसैंका सामग्री ल्याउनका लागि नाका सञ्चालनमा आएपनि यसपटक भेडाच्यांग्रा भने नआएको हो।     

रसुवा भन्सारका सूचना अधिकारी भरत अधिकारीले कोरोना कारण यसपटक भेडाच्यांग्रा नआएको बताए। 'नाकाबाट सामग्री आइरहेको छ,' उनले भने, 'तर यसपटक नाकाबाट पशुहरू आयात भएनन्।'
    

गएको दसैंमा चिनियाँ व्यापारीले नाकासम्म नै भेडाच्यांग्रा ल्याइदिएका थिए। गत वर्ष पनि नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडाच्यांग्रा ल्याइदिएका थिए। 

गएको वर्ष दसैंमा डेड सय भेडाच्यांग्रा आयात भएको पशु क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष भेंडाच्यांग्रा आयात हुँदै आएको छ। 

लामो समयदेखि रसुवागढी नाका हुँदै भेंडाच्यांग्राको आयात हुँदै आएको छ। सुरुमा प्रतिभेंडा तथा च्यांग्रा ७ सय रुपैयाँमा आउथ्यो। कोभिड-१९ सुरु हुनपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्यांग्रा आयात गर्ने गरेका थिए। 

केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका नेपाली व्यापारी बताउँछन्। नेपाली व्यापारी भेंडाच्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए। पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएको कारण आयातमा कमि आइरहेको थियो। 

२०७० सालमा २ सय २, २०७१ मा १ सय ८० र २०७३ मा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा ४ सय ७० वटा र २०७६ मा २ सय ९० वटा भेंडाच्यांग्रा आयात भएको थियो। 

२०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेंडाच्यांग्रा आयात हुने गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.