हातमा कालोपट्टी बाँधेर पत्रकारले निर्वाचनको समाचार संकलन गर्ने

हातमा कालोपट्टी बाँधेर पत्रकारले निर्वाचनको समाचार संकलन गर्ने

भक्तपुर : भक्तपुरका पत्रकारले हातमा कालोपट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने निर्णय गरेका छन्। 

शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको बैठकले हातमा कालोपट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने निर्णय गरेको महासंघले जनाए।

निर्वाचन आयोगले नेपाली सेना, प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरू विरोधमा उत्रिएका हुन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सचिव संजीप शुभचिन्तकले नेपालमा मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै निर्वाचन आयोगले चालेको कदम गलत भएकाले सांकेतिक विरोधस्वरूप सो निर्णय गरेको सचिव शुभचिन्तकले बताए।

सो बैठकले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न र भक्तपुर-नगरकोट सडकको काम चाँडै सम्पन्न गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकारले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.