भक्तपुरमा डेंगुबारे जनचेतनामूलक र्‍याली

भक्तपुरमा डेंगुबारे जनचेतनामूलक र्‍याली

भक्तपुर : डेंगुबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले शनिबार बिहान जनचेतनामूलक र्‍याली आयोजना गरेको छ। 

भक्तपुर नगरको दूधपाटीबाट सुरु भएको सो र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। 

ठाउँ ठाउँमा चुन, फिनेल छर्कँदै, पर्चा वितरण र पम्प्लेटहरू झुण्ड्याउँदै डेंगु रोकथामका लागि सचेतना अभियान सञ्चालन गरेका हुन।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले दसैंको मुखमा डेंगु संक्रामक रूपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले यसबाट बच्न नगरवासीहरूलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे। 

उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिनपर्ने बताए। दसैं पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस्, दुर्घटना नहोस्, कोही अपांग नहोस् भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भूमिकामा रहन नगरवासीमा आग्रह गरे। 

सो कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगका रूपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर औषधिको सेवन गर्न अनुरोध गरे। 

उनले डेंगुलाई सामान्य रूपमा मात्र लिँदा धेरैको ज्यान गइसकेको जानकार गराए। लक्षण देखिने बितिक्कै सचेत रहन र संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिन सक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रूपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्नुपर्ने उनले बताए। 

ख्वप असपतालका डाक्टर रत्न सुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भएको बताए।  उनले देशभर हजारौं संक्रमण फैलिसकेको हुनाले थप सचेतनाको आवश्यकतामा जोड दिए।

र्‍यालीमा लामखुट्टे, भुसुना प्राणी हुन्, यिनको टोकाइले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोक्दै सहभागि समुदायले दूधपाटी, नासमना, तौमढी, स्कूलढोका, दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभा आयोजना गर्दै डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरूमा अनुरोध गरेका हुन।

सो अवसरमा जनप्रतिनिधिहरू रविन्द्र ज्याख्व, उपेन्द्र सुवाल, हरिराम सुवाल लगायतले नगरका ठाउँ ठाउँमा डेंगु रोगबाट सुरक्षित व्यवहारका लागि आ-आफ्नो धारणा व्यक्त गरे गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.