चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्टकहोम : स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेको नोबेल समितिले सोमबार घोषणा गरेको छ। 

पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।

नोबेल कमिटीले भनेको छ, 'अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ।'

नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइएको छ।

यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौं।

उनले यसपहिले पहिले अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण खोज पनि गरेका थिए। प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले फोनद्वारा उनी पुरस्कृत भएको जानकारी दिएका थिए।

पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले 'आफू आल्हादित, शब्दबिहीन साह्रै खुसी छु,' भनेका थिए। उनले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.