मुक्तिनाथ मन्दिरमा दसैं टीका हुने

मुक्तिनाथ मन्दिरमा दसैं टीका हुने

जोमसोम : हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा दसैं टीका लगाइने भएको छ। दसैं टीका लगाउने उद्देश्य बोकेर मुक्तिनाथ आएका तीर्थयात्री र सर्वसाधारण दर्शनार्थीलाई बुधबार मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले दसैं टीका र जमरा लगाइदिएर आर्शिवाद दिने बताएका छन्।

मुक्तिनाथ मन्दिरमा बर्सेनि विजया दसर्मीको दिन सर्वसाधारण भक्तजनलाई मन्दिरका पूजारी सुवेदीले टीका र जमरा लगाइदिएर आर्शिवाद दिँदै आएका छन्। यसपटक पनि उनले मन्दिरमा आउने भक्तजनलाई दसैं टीका लगाइदिने जानकारी दिए।

मुक्तिनाथ मन्दिरमा विजया दसमीको शुभ साइतको दिन अक्षता रुपी टीका र जमराको प्रयोग हुने पूजारी सुवेदीले बताए। ‘विजया दसमीका दिन मन्दिरमा आउनेलाई टीका लगाइदिने व्यवस्था मिलाएका छौं। नवरात्रका पहिलो दिन घटस्थापनामा हामीले जमरामा पनि रोपण गरेका थियौं,' पूजारी सुवेदीले भने, ‘यहाँ आउँदा दसैं टीका लगाउन वञ्चित र मुक्तिनाथमै टीका लगाउन आउने भक्तजनलाई दसैंको टीका लगाउन पाउनेछन्।’

आफन्त, मान्यजन र परिवारबाट बिछोडिएका र दसैं टीका लगाइदिने कोही अभिभावकहरु नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैं टीका लगाइदिने व्यवस्था गरिएको हो। कतिपय भक्तजन मुक्तिक्षेत्रमा आएर दसैं टीका लगाउने गरेको पूजारी सुवेदीको भनाइ छ। मुक्तिनाथमा विजया दसमीबाहेक अन्य समयमा अक्षता टीका र जमराको प्रयोग हुँदैन।

विजया दसमीको दिन भोलि बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आरधना सुरु हुने र सो सकिएलगत्तै दसैं टीका लगाउने कार्यक्रम रहेको मन्दिरका पूजारी सुवेदीले बताए। ‘भगवानको नृत्य कर्म २ घण्टा हुन्छ। त्यसपछि बिहान ७ बजेबाट दसैं टीका सुरु हुन्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.