म्याग्दीको दानामा स्काभेटर खस्दा चालकको मृत्यु

म्याग्दीको दानामा स्काभेटर खस्दा चालकको मृत्यु

जोमसोम : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित निलगिरी हाईड्रो पावर नजिक निलगिरी खोलामा स्काभेटर खस्दा मंगलबार अपरेटरको घटना स्थलमै मृत्यु भएको छ।

म्याग्दीस्थित इलाका प्रहरी कार्यालय दानाका अनुसार निलगिरी हाइड्रो माथिबाट साँझपख तल फर्किदै गर्दा बा३क ३३४० नम्बरको स्काभेटर खोलामा खसेको हो।

निलगिरी हाइड्रो नजिक खोलामा स्काभेटर दुर्घटना भएको खबर म्याग्दीको इलाका प्रहरी कार्यालय दानाले बुधबार सूचना पाएको थियो। स्काभेटर दुर्घटना भएको सूचना पाएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो।

स्काभेटर दुर्घटना हुँदा स्काभेटरका अपरेटर स्थायी घर सल्यान भई तुल्सीपुर महानगरपालिका-११ बस्ने सुरज केशीको मृत्यु भएको दाना प्रहरी चौकीका इञ्चार्ज यमबहादुर थापाले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.