बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक अलपत्र

बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक अलपत्र

जोमसोम : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको ७६ किमी (बेनी–जोमसोम) सडक अवरुद्ध भएको छ। अविरल वर्षाले बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा सडक भासिएको छ।

यसवर्ष बर्खा सकिएपनि पछिल्लो समय दसैं पर्वको दुई दिन अघिदेखि अविरल वर्षा भइरहेको छ। राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार  म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले,  गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको हो।

दसैं अघिको अविरल वर्षाले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिए। बेनी-जोमसोम सडक खण्डको शाखा नदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पुरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्न क्रम अझै रोकिएको छैन।

दसैंको मुखमा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैं पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटकबीच सडकमै अलपत्र परेको सुपरभाइजर शेरचनले बताए। राष्ट्रिय गौरवको निर्माणाधीन बेनी-जोमसोम सडकमा काम गर्ने मजदुर र उपकरण चलाउने अपरेटर दसैं मनाउन घरतर्फ प्रस्थान गरेकाले सडक खुलाउन समस्या परेको छ। सुपभाइजर शेरचनले वर्षा रोकिएमा सडक खोल्न पहल गर्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.