भक्तपुरकी कुमारीले टीका लगाइदिने
भक्तपुर : विजया दशमीको दिन बुधबार साँंझ भक्तपुरकी जिवित देवी कुमारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन्। बुधबार ४ बजदेखि ६ बजेसम्म दुई घण्टा सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने भएकी हुन्।
कुमारीले भक्तपुरको गहिटीस्थित निजी घरबाट टीका लगाइदिने भएकी हुन्। टीकाका लागि जोकोही सर्वसाधारणको लागि खुल्ला गरिएको छ।
स्थानीय हरिकृष्ण किजुले टिका लगाउन चाहनेहरु तोकिएको समयमा आएर कुमारीको हातबाट टिका लगाउनसक्ने बताए। कुनै सोधपुछ भए उनले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।