हेलिकोप्टरबाट सुत्केरीको उद्धार
नुवाकोट : प्रश्रव पीडामा रहेकी एक महिलाको नुवाकोटमा हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका-२ की २२ वर्षीया सीता तामाङ सुत्केरी हुन नसकेपछि उनको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
स्थानीयस्तरमा सुत्केरी हुन नसकेपछि अत्यन्तै गम्भीर विरामी अवस्थामा रहेको जानकारी आएपछि आवश्यक समन्वय गरी हेलिकोप्टरमार्फत् उद्दार गरी काठमाडौं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ।