थाइल्याण्डको चाइल्ड डे केयर सेन्टरमा गोली चल्दा ३१ जनाको मृत्यु
काठमाडौं : थाइल्याण्डको एक प्री स्कुल चाइल्ड डे केयर सेन्टरमा गोली चल्दा ३१ जनाको मृत्यु भएको छ।
थाइल्याण्डको उत्तरपूर्वी भागमा रहेको नोङ बुवा लाम्फूमा भएको आक्रमणपछि बन्दुकधारी फरार रहेको समाचार बीबीसीमा उल्लेख छ।
मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ।
ती प्रहरी अधिकृतले बालबालिका र वृद्धवृद्धामाथि गोली हान्दै छुरा प्रहार समेत गरेका थिए।
आक्रमणको कारण अझैं खुलेको छैन।
थाइल्याण्डमा यस्त घटना विरलै हुने गरेका छन्। यसअघि सन् २०२० मा एक सैनिकले २१ जनाको हत्य गरेका थिए।