रुस नियन्त्रित युक्रेनको जापोरिजियामा मिसाइल आक्रमणपछि विस्फोट
युक्रेन : रुसी कब्जा पछि युक्रेनको जपोरिजियामा मिसाइल आक्रमण पछि विस्फोट भएको छ।
सहरको बीच-बीच भागबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ।
जापोरिजियामा युक्रेनको एक महत्वपूर्ण आणविक ऊर्जा प्लान्ट रहेको छ। जुन युद्धअघि युक्रेनको बिजुली आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको थियो।
तर,रुसले जनमतसंग्रहपछि यो क्षेत्र रुससँग गाभेको थियो।
यससँग सम्बन्धित महत्वपूर्ण दस्तावेजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका थिए।
तर, पश्चिमी देशहरुले यसलाई अस्वीकार गर्दै आएका छन्। रुसले कब्जा गरेको इलाका फिर्ता लिन दुई पक्षबीच युद्ध जारी छ।
जापोरिजियाका गभर्नरले सन्देश जारी गर्दै स्थानीहरुलाई बंकरहरुमा सुरक्षित बस्न आग्रह गरेका छन्।