साहित्य सम्मेलनको प्रचारार्थ निकालियो सुकुन्दा र्‍याली

साहित्य सम्मेलनको प्रचारार्थ निकालियो सुकुन्दा र्‍याली

भक्तपुर : शुक्रबारदेखि भक्तपुरको भार्वाचोमा हुने ४२औं नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन)को प्रचारार्थ बिहीबार साँंझ यहाँं सुकुन्दा र्‍याली निकालिएको छ।

साँंझ भोलिको कार्यक्रमस्थल भक्तपुर नगरपालिका वडा न. १ भार्वाचोबाट सुरु भएको याली नगर परिक्रमा गरी राति भार्वाचोमै आएर टुंगिएको थियो। यालीमा हजारौं विशेष गरेर महिलाहरु सहभागी रहेका थिए। 

प्रत्येक वर्ष दशैंको दुई दिन फरकफरक वर्ष भक्तपुर नगरका फरकफरक खुल्ला ठाउँंहरुमा बृहत नेपाल भाषा साहित्य सम्मेलन चल्दै आएको छ। सम्मेलनको अघिल्लो दिन यसरी नै सुकुन्दा याली पनि हुँंदै आएको छ।

सम्मेलनमा नेपाल भाषालगायतका विभिन्न भाषाबाट प्रतियोगी तथा अप्रतियोगी साहित्यहरु वचन गरिन्छ। नयाँं पुराना दर्जनौ साहित्यकारहरुले कथा, कविता, मुक्तक, लेखरचना वाचन गर्ने गरिन्छ। यसका साथसाथै विभिन्न राजनीतिक व्यक्तित्व, साहित्यकार, पत्रकार, वकिल, जनस्वास्थ्यविद्, संविधानविदलगायतले पनि मन्तव्य राख्ने गरिन्छ। 

जनता म्यासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने मूल नाराका साथ यहाँं यसरी नै प्रत्येक वर्ष बृहत् साहित्य सम्मेलन हुँंदै आएको छ। सम्मेलन शुक्रबार र शनिबार दुई दिन चल्नेछ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.