एमालेबाट भक्तपुरमा नवराज गेलाल र महेश बस्नेत सुनिश्चित

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर क्षेत्र नं १ मा नवराज गेलालले प्रतिनिधिसभाको टिकट पाउने भएका छन्। गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए।
त्यस्तै भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत उम्मेदवार बन्ने सुनिश्चित भएको छ। उनी पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी सांसद् हुन्।
त्यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठ रहेका छन् भने प्रदेश सभा मध्यपुर २ ख (मध्यपुर थिम) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क सूर्यविनायकमा किरण थापा रहेका छन्।
पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले उक्त नाम सुनिश्चित भएको पुष्टि गरे।
प्रतिक्रिया दिनुहोस !
१
