सगरमाथा क्षेत्रको पर्यटन लयमा फर्किदै : १५ महिनामा ३२ हजार बढीले गरे भ्रमण

सगरमाथा क्षेत्रको पर्यटन लयमा फर्किदै : १५ महिनामा ३२ हजार बढीले गरे भ्रमण

सोलुखुम्बु : कोरोना कहरका कारण थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनले झण्डै दुई वर्षसम्म पर्यटक आवगमन ठप्प बनेको खुम्बु क्षेत्रमा पर्यटकको चाप विस्तारै बढ्न थालेको हो । 

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य यस क्षेत्रमा लकडाउनपछि ३२ हजार बढी पर्यटक भ्रमणका लागि पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार २०७८ को असारदेखि हालसम्म ३२ हजार ६ सय ५८ जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । जसमा २६ हजार ६ सय ३८ विदेशी र ६ हजार २० जना नेपाली रहेका छन् । 

पर्यटन गतिविधि चलायमान भएसँगै सो क्षेत्रका व्यवसायीहरु समेत उत्साहित बनेको लुक्लाका होटल व्यवसायी कामी शेर्पाले बताइन् । सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक कोरोनाको कहरको चपेटामा सगरमाथा क्षेत्र परेको थियो ।

 सन २०२० र २०२१ मा खुम्बु क्षेत्र लगभग सुनसान नै बनेको थियो । सो समयमा होटल मजदूर, पथप्रदर्शक, भरिया र ट्रेकिङ एजेन्सी लगायतले काम गुमाएका थिए । तर सन् २०२२ बाट भने विस्तारै पर्यटन क्षेत्र लयमा फर्किदा पर्यटन व्यवसायीलाई राहत मिलेको व्यवसायी सुबास बस्नेतको भनाइ छ । 

थला परेको पर्यटन क्षेत्रलाई विशेष प्याकेजका साथ अघि लैजाने सवालमा सरकारसँग छलफल भइरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.