फेरिँदै भक्तपुरमा दही बनाउने संस्कृति

फेरिँदै भक्तपुरमा दही बनाउने संस्कृति

भक्तपुर : दही स्वादिलो र स्वास्थ्यका लागि लाभदायिक मानिन्छ। सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ दही। गर्मीसँग दहीको सम्बन्ध अझ प्रगाढ छ । किनकि दही गर्मीमा बढी खाइन्छ । गर्मीमा दही खाँदा शितल हुने गर्दछ । दही खाँदा गर्मी कम हुने गर्दछ । त्यसकारण दही खाने समय नै गर्मी हो । 

त्यसो त दही जहिले पनि खाइन्छ । न गर्मी न जाडो । तर पनि गर्मीमा बढी खाइन्छ । गर्मीमा दही खानेहरु विशेष देखिन्छ । चिसो कोकाकोला, पेप्सी जस्तै काठमाडौं उपत्यकामा दही खानेहरु पनि उतिकै देखिन्छ । 

दहीको कुरा गर्दा भक्तपुर जोडिन्छ । किनकि भक्तपुरको दही विशेष हुन्छ । भक्तपुरको दहीको स्वाद नै विशेष रहन्छ । यहाँको दही काठमाडौं उपत्यकाभरि बेचिन्छ । भक्तपुरबाट दही बनाएर काठमाडौंका गल्लीगल्लीमा बेच्न लगिन्छ । एकाबिहानै दही भक्तपुरबाट बोकेर काठमाडौं लगेर बेच्न लाने गरिन्छ । 

जुजु धौ

जुजु नेवारी भाषाको शब्द हो । जसको अर्थ राजा हो । जुजु धौको अर्थ दहीको राजा हो । यस अर्थमा यो शब्द प्रख्यात भएको हो कि दहीको राजा भक्तपुरमा छ । 

मूल्य

अहिले एउटा दही घटीमा ४० रुपैयाँदेखि बढीमा माग अनुसारको बनाइन्छ । प्रतिगोटा ४०, ९०, एक सय ८०, पाँच सय ५०, सात सय ५० का दही बढी चलनचल्तीमा रहेको छ । बिहे भोजका लागि अडर अनुसारको बनाइन्छ ।

पछिल्लो ट्रेन्ड

भक्तपुरको जुजु धौ (दही)ले लोकप्रियता कमाउँदै गएपनि संस्कृति भने परिवतर्न हुँदै गएको छ । कटारोमा राखेर बनाइने दही हिजोआज प्लाष्टिकको भाडामा राखेर बनाइन्छ । कटारो किन्ने नपाइने भएकाले बाध्य भएर प्लाष्टिकको भाडामा राखेर दही बेच्नु परेको व्यवसायी बताउँछन् । कटारोको तुलनामा प्लाष्टिकमा राखेर बनाएको स्वाद उति नभए पनि बाध्य भएर कटारोको सटा प्लाष्टिकको भाडामा राखेर दही बनाउने गरेको उनीहरुको भनाइ छ । कटारोमा जस्तो प्लाष्टिकमा पानी नसोस्ने भएकाले मिठाइमा केही कमी हुने उनीहरुको भनाइ छ । अहिले कटारोमा बनाएर दही बनाएको फाटफुट मात्रै भेटिन्छन् । कटारोको सटा प्लाष्टिकमा राखेर दही बनाउन लान भने सजिलो छ । मोटरसाइकलमै झुण्डाएर लान मिल्ने भएकाले प्लाष्टिकमा राखेर बनाएको दही लान सजिलो भएको हो । 

आकर्षण माटोकै

भक्तपुरमा जुजु धौ पसलहरु धेरै छन् । तीमध्ये सुरेश सैजुले पनि १५ वर्ष देखि पसल चलाउँदै आएका छन् । उनले पहिलाको जाडो याममा भन्दा गर्मी मौसमा दही खान आउनेको घुइँचो लाग्ने गरेको बताए । नेवार समुदायमा त जुनसुकै भोजमा दही चाहिन्छ। तर बाहिरको मान्छेहरु चाहि गर्मी महिनामा मात्रै दही खान आउने गरेको उनले सुनाए । उनले भने, 'पहिला पहिला भए सानो ठूलो दही सबै माटोको भाडोमा नै राखिन्थ्यो । तर अहिले प्लास्टिकको भाडामा राख्ने भएको छ । उनले थपे, माटोको भाडाको मूल्य बढेको कारण हामीले अहिले प्लास्टिकको भाडामा नै घेरै दही बनाउने गरेका छौं ।'
ग्राहकहरुले धेरै माटोको भाडामा खोज्ने गरेको उनले जानकारी गराए । झन त विदेशीहरु त माटोको भाडामा भएन भने फर्केर जाने गरेको उनले जनाए ।

माटोको भाडामा बनाउनुको कारण

पहिला पहिला अहिलेको जस्तो फ्रिज हुँदैनथ्यो । त्यसैले भुल ओछ्याएर दहीको माटोको भाडाले लाइले ओछ्एर त्यसको माथि दूध हालिसकेपछि बोराले छोप्ने गरिन्थ्यो । त्यसपछि दही जम्छ। माटोको भाडामा राख्दा खेरी मात्र दही जम्ने भएकाले माटोको भाडामा दही बनाउने गरिन्थ्यो। तर अहिले त्यो परम्परागत दही जमाउने तरिका विस्तारै लोप हुँदै गएको छ। अहिले त कुनै पनि भाडामा दूध राख्यो अनि फ्रिजमा राख्यो जम्दैन भन्ने टेन्सन नै छैन् । माटोको भाडामा राखेको दही खादा स्वास्थ्यमा पनि लाभ हुन्छ भन्ने जनविश्वास छ । 

समस्या

भक्तपुरका दही बनाउने व्यवसायीका धेरै समस्यामध्ये एउटा समस्या हो दूधको । दूध नपाउँदा उनीहरु हैरान छन् । विशेष गरेर भूकम्पपछि दूधको अभाव देखिएको उनीहरु बताउँछन् । गाउँका घरहरु भत्केपछि गाईगोठमा मान्छे बस्नु परेपछि गाईगोठ राख्ने ठाउँको अभावमा दूध पाइन छाडेको व्यवसायी बताउँछन् । विशेष गरेर आफूहरुले भैसीको दूधबाट दही बनाउने गरेको व्यवसायीहरुले बताएका छन् । दहीको स्वाद सबैभन्दा राम्रो भैंसीको दूधबाट हुने उनीहरु बताउँछन् । भैंसीको दूध पाउन नपाएपछि गाईको दूधबाट दही बनाउने गरेको उनीहरु बताउँछन् । 

भक्तपुर जुजु धौ एसोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजूका अनुसार गर्मी महिना धेरै व्यापार हुन्छ । ‘गर्मीमा घुम्न आउने मान्छेहरु धेरै हुन्छन्, गर्मी भएपछि सितलताका लागि यहाँका दही अनिवार्य खाने भएकाले व्यापार बढेको हो, 'उनले भने, ‘गर्मीका बेला काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकल,पर्यटकलगायतका भक्तपुरसँग जोडिएका जिल्लाबासी पनि उतिकै दही खान र किन्न आउँछन् ।’ 

यही कारण दही व्यापारीलाई गर्मीमा भ्याईनभ्याई हुने उनले सुनाए । एसोसिएसनको अनुमानमा भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आवद्ध छन् । त्यसमध्ये ५० परिवार एसोसिएसनमा आवद्ध छन् । यहाँका व्यापारीले प्रतिदिन दैनिक ४० लिटरदेखि आठ सय लिटरसम्मको दही बनाउने गरेका छन् । उनीहरुले विशेष गरेर भैसी र गाईको दूधबाट दही बनाउने गरेका छन् ।

पहिला पहिला भए भक्तपुरबासीहरुले दहि खर्कानमा बोकेर दहि ओसार पसार गर्ने चलन थियो । भक्तपुरबासीहरु काठमाडौं, ललितपुर, काभेलगायतका ठाउँमा जुजु धौ बोकेर लाने गथ्र्यो ।एक दिन लगाएर भएपनि । अहिले जस्तो गाडिको सुविधा थिएन। अहिले भने जुजु धौ बोकेर नभइकन गाडीबाट ओसारपसार हुन थालेका छन् । त्यसैले गर्दा पनि माटोको भाडाले अलि बढि ठाउँ ओगटेको हुन्छ प्यास्टिकको भाडाभन्दा । त्यसैपनि व्यापारीहरु बाहिर पठाउनको लागि प्यास्टिक कै भाडामा दहि जमाउन थालेको देखिन्छ । तर अहिले पनि भक्तपुरका केही व्यापारीले नजिकको ठाउँमा लानु परेमा खर्कोनमा बोकेर लगेको हामी देख्न सक्छौं ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.