अर्घाखाँचीमा उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय, कुन दललाई कति बजे?
अर्घाखाँची : अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भोलि हुने मनोनयनका लागि दलहरुको लागि समय निर्धारण गरिएको छ ।
मनोनयनका लागि स्वतन्त्रको लागि १० बजेदेखि ११ बजेसम्म, राजमोलाई ११ बजे, १२ बजे जसपा, एमालेलाई १ देखि २ बजेसम्म, नेपाली कांग्रेसलाई २ बजे , नेकपा माओवादीलाई २:३० बजे र राप्रपालाई ३ बजेको समय तोकिएको छ ।
प्रतिनिधि सभाको लागि १ र प्रदेशको लागि २ निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १ लाख ६४ हजार ७ सय ६८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेस भण्डारीले जानकारी दिए।
निर्वाचनको मनोनयनका समयमा र अन्य समयमा पनि राजनीतिक दलहरु तथा स्वतन्त्रहरूलाई ढुक्क भएर मनोनयन तथा निर्वाचन केन्द्रीत कार्यक्रमहरु आचारसंहिता भित्र बसेर गर्न प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आग्रह गरे।
बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।