पहिरोले कुलो बगाएपछि सन्धिखर्कमा ७ सय रोपनी खेत सिंचाइविहीन

पहिरोले कुलो बगाएपछि सन्धिखर्कमा ७ सय रोपनी खेत सिंचाइविहीन

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क १० जलजलेमा पहिरोले २ वटा कुला बगाएको छ।

सन्धिखर्क १० घोचेखोलाको जलजलेमा पहिरो जाँदा साठीको जलजले सिंचाइ कुलो र माझको कुलो पहिरोले लगेको स्थानीय तथा कुलोका मोही विष्णु बहादुर घर्तीले बताए।

खेतमा सिंचाइ हुने कुला पहिरोले लगेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । फुल खेल्न लागेको धानमा सदाभन्दा बढी पानी चाहिने अवस्थामा कुलो पहिरोले बगाएपछि कृषकहरू चिन्तित बनेका हुन् ।

पहिरोले कुलो बगाएपछि साठीको जलजले सिंचाइ कुलोको २ सय रोपनी र माझको कुलोको झन्डै ५ सय रोपनी खेत सिंचाइविहीन बनेको हो ।

जलजलेमा गएको पहिरोले जलजले सारनटारी धरमपानी कृषि सडक पनि अवरुद्ध भएको छ । स्थानीय मानिसहरु पैदल पनि हिँड्न नसक्ने गरी गएको पहिरोले कृषकहरुले दूध र तरकारी समेत सन्धिखर्क र चुत्राबेसीमा ल्याउन सकेका छैनन् । 

बाटो अवरुद्ध भएपछि दूध समेत बिक्री गर्न बजारमा लैजान नसकेको स्थानीय कृषक गोविन्द बन्जाडेले बताए । घोचेखोला हुँदै आपखोला जाने सडक घोचेखोलाले कटान गरेपछि बाटो पूर्णरुपमा अवरुद्ध बनेको छ ।

सन्धिखर्क किमडाडा, धारापानी, प्युठान सडक, सन्धिखर्क, खिल्जी, जैटारी, प्युठान सडक, सन्धिखर्क बलकोट तम्घास सडक, गच्छे, धनचौर, भालुबांग सडक पनि ठाउँठाउँमा गएको पहिराले अवरुद्ध भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.