जसपाबाट टिकट नपाएपछि लक्ष्मी महतो एमाले प्रवेश, महोत्तरी–१ बाट बने उम्मेदवार

जसपाबाट टिकट नपाएपछि लक्ष्मी महतो एमाले प्रवेश, महोत्तरी–१ बाट बने उम्मेदवार

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता लक्ष्मी महतो टिकट नपाएपछि एमाले प्रवेश गरेका छन्। एमाले प्रवेश गरे लगत्तै एमालेका सचिव रघुबिर महासेठले टिकट दिएर महोत्तरी–१ बाट उनलाई उम्मेदवार बनाएको हो। जसपाबाट उम्मेदवार बन्न अन्तिम समयसम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।

सत्तारुढ गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलविरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेको चुनाव चिन्हबाट लक्ष्मी महतोलाई उम्मेदवार बनाइएको हो। एमाले र जसपा गठबन्धनमा महोतरी–१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा आएका हुन्।

जसपाबाट टिकट नपाएपछि महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए। शनिबार बिहान एमालेका सचिव रघुवीर महासेठसँगको भेटघाटपछि महतो एमालेको टिकट लिएर उम्मेदवारी दर्ता गराउन महोत्तरी पुगेका छन्। यस अघि २०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार थिए। उनी पराजित भएका थिए।

गत निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए। पोखरेल ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन्। माओवादी केन्द्रका पोखरेल संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिध सभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी–१ बाटै निर्वाचित भएका हुन्। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित पोखरेल २३,७७६ मत प्राप्त गरेका थिए भने महतोले १९,४९२ मत ल्याएर पराजय व्यहोर्नु परेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.