कैलाली-५ मा कांग्रेसबाट टिकट नपाएपछि वागी उम्मेदवार दर्ता
धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसबाट टिकट नपाएपछि दुई जनाले वागी उम्मेदवार दर्ता गराएका छन्। गत निर्वाचनमा आरजु देउवालाई हराउन लागेको भन्दै कारबाहीमा परेका पुस्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी अर्का युवा नेता क्षितिज भण्डारीले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर खबाट मनोनयन दर्ता गराएका छन्।
कैलालीसहित सुदूरपश्चिममा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ। झरीका बीचमा पनि उमेदवारहरु निर्वाचन कार्यालय पुगेर मनोनयन गराई रहेका छन्। कैलाली- ५ मा नेकपा एमालेले २ बजे र सत्ता गठबन्धनले ४ बजे मनोनयनको समय लिएका छन्। कांग्रेसमा किचलो देखिएपछि आरजु देउवाले यो निर्वाचन क्षेत्र छोडेकी थिइन्। उनी डडेल्धुराबाट समानुपातिकको सूचीमा छिन्।