महोत्तरी ३ मा लोसपा अध्यक्ष ठाकुरको उम्मेदवारी
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेको महोत्तरी ३ मा अध्यक्ष ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। उनीसँगै प्रदेश सभातर्फ महोत्तरी ३ (क)बाट लोकतान्त्रिक समाजवादीका नेता तथा पूर्व राज्यमन्त्री अभिराम शर्मा र ३ (ख) नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।