पूर्वमन्त्री गौचनका छोरा प्रतिनिधिसभा सदस्य उम्मेदवार
जोमसोम : पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले आसन्न मंसिर ४ गते हुँने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट आइतबार निर्वाचन आयोगमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
संघीयता अघि २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए।
यसपटक भने पूर्व मन्त्री गौचनले आफू नउठी आफ्नै छोरालाई राजनितिमा प्रत्यक्ष डेब्यु गराएका हुन्। यसअघि पूर्व मन्त्री गौचनको नाम कांग्रेस जनजातितर्फको समानुपातिक सूचीको ३५ नम्बरमा नाम थियो। उनले समानुपातिक सूचिबाट आफ्नो नाम फिर्ता लिइसकेका छन्