सूर्य चिह्न लिएर उठे थापा

सूर्य चिह्न लिएर उठे थापा

मकवानपुर : एमाले मकवानपुरका नेता कार्यकर्ताले शनिबार दिनभर क्षेत्र नम्बर १ का उम्मेदवारका लागि रामेश्वर रानालाई बधाई तथा शुभकामना दिए। तर, राप्रपा नेपाल अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्नबाट चुनाव लड्न टिकट लिएर शनिबार साँझ हेटौंडा आइपुगे। 

एमालेका जिल्ला इन्चार्ज रानाको टिकट खोसिएपछि आक्रोशित नेता कार्यकर्ताले आइतबार बिहान पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरे। थापा भने असन्तुष्ट एमालेलाई छाडेर आइतबार दिउँसो १ बजे सुटुक्क उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

उनले भाइ गणेश थापा, श्रीमती प्रलिता थापा र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई उनी गाडीमा गएका थिए। असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने उनले बताए। ‘एमालेसँगको सहकार्य चुनाव लक्षित मात्र हैन। त्यसैले म असन्तुष्ट साथीहरूलाई साथमा लिएर हिँड्नेछु’, मनोनयन दर्तापछि थापाले भने। उनी आठौं पटक मकवानपुरबाट संसदीय निर्वाचनको उम्मेदवार बनेका हुन्। तर, दुईपटक मात्र जितको स्वाद चाखेका छन्। 

राष्ट्रिय राजनीतिमा छाइरहने थापाले २०३८, २०४३, २०४८, २०५१, २०५६, २०६४ र २०७४ मा निर्वाचन लडेका हुन्। तर, उनले २०४३ र २०५१ मा मात्र जित हात पारे। एमालेका कृष्ण दाहालसँग तीनपटक हार बेहोरे। थापाको यो पटक भने प्रतिस्पर्धी फेरिएका छन्। उनीसँग गठबन्धन दल कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चुनावी प्रतिस्पर्धामा छिन्। उनलाई अर्को चुनौती आफ्नै भित्रबाट पनि छ।

थापाको संसदीय यात्राका मुख्य सहयोगी दीपकबहादुर सिंह उनीबिरुद्ध नै उम्मेदवार बनेका छन्। २०७९ को स्थानीय निर्वाचनमा झिनो मतले मेयरमा पराजित सिंहले राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी उम्मेदवारी फिर्ता लिने पक्षमा छैनन्। 

थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ बाटै निर्वाचन लडेका थिए। तर, असन्तुष्ट कांग्रेसले सहयोग नगर्दा ५ हजार ९ सय ७३ मत अन्तरले एमालेका कृष्ण दाहालसँग तेस्रो पटक हार बेहोर्न बाध्य भए। 
राप्रपा परित्यागपछि थप जनाधार कमजोर भएका थापाले यो पटक भने एमालेको बैसाखी टेकेका हुन्। तर, एमालेका असन्तुष्ट नेता कार्यकर्तालाई साथमा लिएर हिँड्न उनलाई चुनौती छ। 

स्थानीय तह निर्वाचन २०७९ मा स्थानीय तह प्रमुख र वडा अध्यक्षले प्राप्त गरेको मत परिणामअनुसार यस क्षेत्रमा गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कुल ३९ हजार १ सय ९२ मत प्राप्त गरेका छन्। एमालेले ३१ हजार ४ सय ९७ मत प्राप्त गरेको छ। यो क्षेत्रमा बागमती, बकैया गाउँपालिका, मकवानपुरगढीको १,२,३ र ४ नम्बर वडा र हेटौंडाको १,३,११ र १९ बाहेक १५ वटा वडा पर्छन्। 
यो क्षेत्रअन्तर्गत १५ वडा पर्ने हेटौंडा उपमहानगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवार दीपक सिंहले मेयर पदमा २० हजार पाँच सय ३१ मत ल्याएका थिए।

नेपाली कांग्रेस र नेकपा एमालेबाट धेरै मत तानेका सिंहको उम्मेदवारीले पनि थापालाई चुनौती थपिएको छ। ‘पटक–पटक मैले दाइलाई जिताए,अब मालाई सहयोग गर्ने पालो दाइको हो’, सिंहले भने। २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५० हजार १ सय ५५ मतदाता छन्। 

मकवानपुर २ मा गठबन्धन दल एकीकृत समाजवादीबाट पूर्वस्वास्थ्यमन्त्री बिरोध खतिवडा र एमालेबाट महेश बर्तौलाले मनोनयन दर्ता गराएका छन्। 

छैटौं पटक चुनावी मैदानमा होमिएका खतिवडासँग एमालेले नयाँ पुस्ताबाट बर्र्तौलालाई प्रतिस्पर्धामा ल्याएको हो। एमालेबाट २०४८, २०५१, २०५६ र २०७४ मा चुनाव जितेका खतिवडा यो पटक भने नेकपा एकीकृत समाजवादी टिकट पाएका उनी गठबन्धन दलको समर्थनमा चुनाव लड्दै छन्। 

अघिल्लो चुनावभन्दा जितका लागि सहज रहेको खतिवडाको दाबी छ। प्रदेशसभामा गठबन्धन दलले मकवानपुर १(ख) मा मात्र नयाँ उम्मेदवार खडा गरेको छ। उक्त क्षेत्रमा नेपाली कांग्रेसबाट आनन्दराम पराजुलीले मनोनयन दर्ता गराएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.