भक्तपुरमा प्रतिनिधि सभाका दुई सदस्यका लागि ४० जनाको उम्मेदवारी

भक्तपुरमा प्रतिनिधि सभाका दुई सदस्यका लागि ४० जनाको उम्मेदवारी

भक्तपुर : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको दुई सदस्यका लागि भक्तपुरमा ४० जनाको उम्मेदवारी परेको छ। प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं. १ र २ छन्। यी दुई सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी ४० जनाको उम्मेदबारी परेको हो। 

भक्तपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा ४ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदबारी परेको छ। भक्तपुर क्षेत्र नम्बर–२ बाट ११ जना स्वतन्त्रसहित २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीबाट पार्टी सचिव प्रेम सुवाल, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुनिल गोठे, नेकपा एमालेबाट नवराज गेलाललगायतको उम्मेदवारी परेको छ। 

भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका युवा नेता महेश बस्नेत, नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापामगरलगायतको उम्मेदवारी परेको छ। यीमध्ये बस्नेत र थापामगर संविधानसभाका पूर्व सदस्य हुन्। 

भक्तपुरको दुवै क्षेत्रमा मुख्य प्रतिस्पर्धी पार्टीहरु नेमकिपा, एमाले र कांग्रेस नै हुन्। पछिल्लो स्थानीय निकायको निर्वाचनलाई विश्लेषण गर्ने हो भने भक्तपुर क्षेत्र नं १ नेमकिपाको गढको रुपमा रहेको छ भने क्षेत्र नं २ मा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाकोतर्फबाट क्षेत्र नं १ क (चाँगुनारायण) मा पार्टीका युवा नेता मिनबहादुर बाटा र क्षेत्र नं १ ख (भक्तपुर) मा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईको उम्मेदवारी परेको छ। 
सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं १ क (चाँगुनारारायण) मा कांग्रेसका सुरेश श्रेष्ठ र क ख (भक्तपुर) मा कांग्रेसकै पवन भुजुको उम्मेदवारी परेको छ। 
यस्तै एमालेबाट भक्तपुर क्षेत्र नं १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठ र १ ख (भक्तपुर) मा नारायणसुन्दर सिन्ताकलको उम्मेदबारी परेको छ। 

उता सता गठबन्धनबाट भक्तपुर क्षेत्र नं २ क (सूर्यविनायक) मा नेपाली कांग्रेसका विष्णुराज कार्कीको उम्मेदवारी परेको छ। गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं २ ख (मध्यपुर थिमि) मा नेकपा एसका डा. राजेद्रमान श्रेष्ठको उम्मेदबारी परेको छ। यस्तै एमालेबाट २ क (सूर्यविनायक) मा किरण थापा र २ ख (मध्यपुर थिमि) मा चन्द्रकृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ। 

भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख दुई हजार पाँच सय २८ र क्षेत्र नं. २ मा ९१ हजार नौ सय ११ जना मतदाता रहेका छन्। क्षेत्र नं. १ मा एक सय १५ मतदान केन्द्र छन् भने २ मा एक सय सात मतदान केन्द्रहरु छन्। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.