एउटै सिटमा कांग्रेसका दुई जनालाई टिकट, कार्यकर्ता द्विविधामा

एउटै सिटमा कांग्रेसका दुई जनालाई टिकट, कार्यकर्ता द्विविधामा

गुलरिया : नेपाली कांग्रेसले एउटै सिटमा दुई जनालाई टिकट थमाएको छ। बर्दिया जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को उम्मेदवारका लागि  कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजयकुमार गौतम र बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकाससिंह राठौरलाई पार्टीले मनोनयन पत्र दिएको छ। 

एकै पार्टीबाट एउटै सिटका लागि दुवै जनाले केन्द्रमा मनोनयन पत्र दर्ता गराएपछि आइतबार बर्दियामा खैलाबैला नै मच्चियो। कार्यकर्ताहरुले सामाजिक सञ्जालमा कहिले गौतमको तस्बिर राखेर बधाई दिए त कहिले राठौरको। देशकै ठूलो दल नेपाली कांग्रेस पार्टीको हर्कतले कार्यकर्ता एवम् तमाम शुभचिन्तकहरुलाई द्विविधा पारिदियो। कतिपयले त सामाजिक सञ्जालमा दिएको बधाई फिर्ता पनि लिए। 

नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र दुवै जनाको सार्वजनिक पनि भएको छ। 

निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा २९ सँग सम्बन्धित मनोनयन पत्र दर्ता भएको उम्मेदवारको नामावलीमा कांग्रेसबाट संजय गौतमको नामसहित १० जनाको नाम प्रकाशित गरेको छ। गौतम गठबन्धनतर्फका उम्मेदवार हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएकाहरुको लिष्टमा राठौरको नाम समावेश छैन। मनोनयन दर्ता रजिष्टरमा दुवैको नाम दर्ता भएपनि कम्प्युटरमा एउटै पदको लागि दुई जनाको नाम ईन्ट्रि नहुने बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले बताए।

कम्प्युटरमा पहिलो गौतमको नाम ईन्ट्रि भएकोले दोस्रो पटक राठौरको नाम कम्प्युटर सिस्टमले लिएन। उनले भने, 'अब आयोगले जे भन्छ त्यही हुन्छ। हामीले आयोगलाई पत्र लेखेर पठाई सकेका छौं।' प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नागरिक उन्मुक्ती पार्टीबाट ठाकुरसिंह थारु, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश भुसाल, देवीप्रसाद तिवारी स्वतन्त्र, राम रतन थारु नेश्नलिष्ट पिपल्स पार्टी, रेशम बहादुर खत्री जसपा, सूर्य बहादुर सिंह राप्रपा, सोहराव पठान जनमत पार्टी र हरिलाल न्यौपाने नेपाल मजदुर किसान पार्टीबाट मनोनयन पत्र दर्ता गराएका छन्। 

प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (१) मा नागरिक उन्मुक्ति पार्टीबाट खेम बहादुर थारु, कांग्रेस गठबन्धनबाट भुवनेश्वर चौधरी, नेकपा एस डिल बहादुर केसी, नेकपा एमालेबाट शालीकराम अधिकारी, तुल्सीप्रसाद आचार्य नेमकिपा, दिलिपकुमार कुर्मी जसपा, राजाराम थारु नेश्नलिष्ट पिपल्स पार्टी, रामलाल बुढाथोकी राप्रपाले मनोनयन पत्र दर्ता गराएका हुन्। 

प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अञ्जु दहित, नेकपा एमाले भक्तबहादुर विश्वकर्मा, शुभाष कुमार पोखरेल स्वतन्त्र, अंजिर बहादुर शाही नेमकिपा, कृष्णप्रसाद अहिर जसपा, दत्ते थारु राप्रपा, बखत बहादुर खड्का नेकपा एस, राजकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी, विनोदकुमार केसी राप्रपा नेपाल, शुसन पाठक नेश्नलिष्ट पिपल्स पार्टी, सुरेशकुमार शुक्ला लोसपा र सुरेश यादवले जनमत पार्टीबाट मनोनयन पत्र दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.