धनुषा ३ : विमलेन्द्रको क्षेत्रमा अनिल झा भर्सेज जुली महतो

धनुषा ३ : विमलेन्द्रको क्षेत्रमा अनिल झा भर्सेज जुली महतो

जनकपुरधाम : विमलेन्द्र निधिको क्षेत्र, धनुषा-३ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र नेकपा कम्युनिष्ठ पार्टी (एमाले) नेतृ जुली महतोबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्र निवर्तमान सांसद राजेन्द्र महतोको क्षेत्र हो भने विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधि सम्मले पटक–पटक निर्वाचन जित्दै आएको क्षेत्र हो।  

सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता झाले उम्मेदवारी दर्ता गराएका छन्। भने प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका बहालवाला मन्त्री रामसरोज यादव र ३ (२) मा लोसपाका प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले–जसपा गठबन्धनबाट जुली महतोले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उनीसँगै धनुषा ३ (क)मा प्रदेशसभाका लागि मुख्यमन्त्रीका स्वकीय सचिव तथा जसपा नेता जितेन्द्र यादव र धनुषा ३ (ख) मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। 

२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति निधिबाट पराजित भएकी थिइन् भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। पूर्वमन्त्री महतोले भने, ‘यो मेरो मात्र नभई धनुषा निर्वाचन क्षेत्र ३ का सम्पूर्ण जनताको उम्मेदवारी हो, मलाई यो क्षेत्रको जनताले गरेको अगाध माया स्नेहले नै उम्मेदवारी दर्ता गराउन प्रेरित गरेको छ। म यस क्षेत्रको पिछडिएको वर्गका साथै आफू स्वयं महिला रहेकाले महिलाको हकहितका लागि समेत आवाज उठाउँछु।’ 

प्रतिनिधिसभा तर्फका झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए। तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन्। नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा–३ मा आएको बताए। उनले धनुषा–३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको बताए। उनले भने, ‘जनकपुरधामलाई मधेश प्रदेशको राजधानी हामीले बनाएका हौं। संघीयता हामीले ल्याएका हौं। त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्ने छ।’

प्रदेशको राजधानीबाटै संघीयतावादी, मधेशवादी र लोकतन्त्रवादीका साथै एक दशकभन्दा बढी समयसम्म देशको लोकतन्त्र र मधेशीको अधिकारको निमित्त लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिको पनि र स्थानको पनि इज्जत बढ्ने भएकोले आफूले मधेशको मुटुबाट निर्वाचनमा होमिएको बताए। झा २०७४ को निर्वाचनमा रौतहट १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। मुख्यतः झा र महतो प्रतिस्पर्धी रहेपनि गठबन्धनका नेता निधिको क्षेत्रमा उनकै बोलबाला हुन्छ। उनले निर्वाचनमा कस्तो भूमिका निर्वाह गर्छन्, त्यो हेर्न लायक हुन्छ र यसैको आधारमा निर्वाचनमा हार जित हुन्छ।  

२०७४ को निर्वाचन जस्तो अहिले यो क्षेत्र मधेशवादी दलका लागि बलियो जनाधार देखिँदैन। मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुई अलग गठबन्धनमा छन्। मधेश आन्दोलनको प्रभाव पनि कम हुँदै गएको छ। स्थानीय सरकारमा लोसपाको बलियो पकड पनि छैन। 

अंकगणितमा गठबन्धन बलियो 

धनुषा ३ मा जनकपुरधाम उप–महानगरपालिकाका १७ वडासहित जम्मा ३८ वटा वडा पर्छ। जनकपुरधामबाहेक नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया, धनौजी गाउँपालिका र विदेह नगरपालिकाको एक वडा यो क्षेत्रमा पर्छ। गत स्थानीय तह निर्वाचनको नतिजा अनुसार गठबन्धन बलियो देखिन्छ। ३८ मध्ये आधा अर्थात कांग्रेस १९ वटा वडा, लोसपा तीन, एकिकृत समाजवादी १ गरी २३ वडामा जितेको छ। एमालेले ११, जसपाले ४ जित निकालेको छ।

स्थानीय निर्वाचनमा ३८ वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको मत अनुसार कांग्रेस पहिलो हुने देखिन्छ। २२ हजार ४ सय २९ मतका साथ अगाडि छ भने एमालेको १६ हजार १६ मत छ। जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा छ। यसरी कूल मत जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिन्छ।

लोसपा उम्मेदवार झाको जितको लागि कांग्रेसको मतको महत्व छ। यो चुनावमा कांग्रेसको तर्फबाट अन्तर्घात हुने कुनै सम्भावना नरहेको नेता तथा मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको दावीका बीच निर्वाचन जितिसकेको दाबी गर्छन्।

यस्तो छ राजनीतिक विश्लेषण

‘विगतमा धनुषा अझ जनकपुरधाम आसपासका क्षेत्रहरु डेमोक्रेटिभ हो। यहाँ कांग्रेसले मात्र जित्दै आएको इतिहास छ। अझ बोहर्वा र लोहना त पियोर खाँटी डेमोक्रेटिक गाउँ नै हो भन्दा पनि हुन्छ।’ राजनीतिक विश्लेषक नित्यानद मण्डलले नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिले जित्दै आएको क्षेत्र भएपनि पहिले कांग्रेस भर्सेज एण्टि कांग्रेस हुने गरेको बताए। जसको परिणाम २०४६ पछि विमलेन्द्र निधिलाई हराएर राप्रपाले निर्वाचन जितेपनि जनतालाई साथ दिएन र अन्तत फेरि विमलेन्द्र निधिको पोल्टामा क्षेत्र गएको बुझाई छ। 

उनले भने, ‘विमलेन्द्र निधिले चुनाव जितेको बेला वामपन्थी धारको कुनैपनि सबल भएन। सामान्य शिक्षक हरिदेव मण्डल वामपन्थी धारबाट उम्मेदवार त भए तर विमलेन्द्र निधिको तुलनामा ह्यावीवेट उम्मेदवार भएन। तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ह्यावीवेट राजेन्द्र महतोसँग विमलेन्द्र निधिले हार व्यहोर्नुपर्‍यो।’

विश्लेषक मण्डलले अबको निर्वाचनमा जातिय फयाक्टर समेत काम गर्ने सुनाए। ‘धनुषा ३ मा झा र महतोको फयाक्टर हेर्ने हो भने ब्राह्मणहरु एकत्रित हुन सुरु भैसकेको छ। जसमा १२ हजार मतदाता ब्राह्मण छन् जसले जूलीलाई सकस बनाउँछ। अहिले द्वीपक्षिय काष्ट पोलिटिक्स हुने स्थिति छ।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.